थ्रेसरमा बेरिएर रुकुम पश्‍चिममा महिलाको मृत्यु

रुकुम पश्‍चिम – गहुँ झार्ने थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–७ की ६२ वर्षीया ठुर्माकुमारी मल्लको शुक्रबार दिउँसो थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै खेतमा गहुँ झार्ने क्रममा थ्रेसरमा कपडा बेरिएर मल्लको मृत्यु भएको प्रारम्भिक खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए । थ्रेसर मेसिन जोडिएको ट्याक्टर चालक भने फरार भएको प्रहरी निरीक्षक शाहीले बताए ।





error: Content is protected !!