एमालेको स्थायी कमिटी घोषणा ,वामदेव समेटिए, माधव पक्ष बाहिर (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।
बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।
एमाले स्थायी कमिटी
१। केपी शर्मा ओली
२। वामदेव गौतम
३। ईश्वर पोखरेल
४। रामबहादुर थापा बादल
५। विष्णु पौडेल
६। सुवास नेम्वाङ
७। शंकर पोखरेल
८। प्रदीप ज्ञवली
९। लेखराज भट्ट
१०। टोपबहादुर रायमाझी
११। सत्यनारायण मण्डल
१२। विष्णु रिमाल
१३। छविलाल विश्वकर्मा
१४। पृथ्वीसुब्बा गुरुङ्ग,
१५। रघुबीर महासेठ
१६। किरण गुरुङ
१७। केशव बडाल
१८। पुष्पराज कडेंल
१९। मणि थापा








