साढे पाँच हजार उचाईमा ३२ मिटर लामो पुल

डोल्पा ः साढे पाँच हजार उचाइमा रहेको डोल्पोबुद्ध गाउ“पालिका–६, मा ३२ मिटर लामो ट्रस पुल निर्माण गरिएको छ ।
उपल्लो डोल्पामा हालसम्मकै लामो पुल बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । डोल्पोबुद्ध गाउ“पालिका–६, मा ३२ मिटर लामो ट्रस पुल निर्माण भएसँगै यात्रामा समेत सहज भएको हो । कर्णाली प्रदेश सरकारको झण्डै रु एक करोड बजेटबाट उक्त पुल निर्माण भएको उहाँले जानकारी दिनुभयो ।
उपल्लो डोल्पाको पनि हिमालपारीको शेर्सममा पहिलो पटक यो पुल बन्दा स्थानीयवासी खुसी भएका छन् । समुन्द्री सतहदेखि झण्डै ५ हजार ५ सय मिटर उचाईमा निर्माण सामग्री बोकेर पुल बनेको स्थानीय पेमा गुरुङले जानकारी दिनुभयो । उपल्लो डोल्पाको पनि हिमालपारी पहिलो पटक लामो पुल बनेको उनको भनाई छ ।

यो पुल कर्णाली नदीमाथी बनेको हो । यस अघि उक्त ठाउ“मा काठे पुल थियो । सर्वसाधारण वर्षौंदेखि काठेपुलकै साहारमा वारपार गर्ने गरेका थिए । यो पुलले डोल्पोबुद्ध गाउ“पालिका र से फोक्सुण्डो गाउ“पालिकालाई जोडेको छ । ‘यो पुलले शे फोक्सुण्डो र डोल्पोबुद्ध गाउ“पालिकालाई गहिरो र बलियो तरिकाले जोडेको छ,’ अधिकृत पंज्ञानीले भन्नुभयो , ‘अब वारपारका लागि जोखिम मोल्नुपर्ने बाध्यता हटेर गएको छ ।’ यो पुल बनेपछि शे फोक्सुण्डोबाट डोल्पोबुद्धको तिन्जे भएर चाइनाको मारिम नाका तथा मुस्ताङ जानेहरुलाई सजिलो भएको छ । ‘लामो समय सम्मा जोखिम र चिन्ताका साथ काठे पुल भएर यो कर्णाली नदी तरिएको हो, अब भने यो पुलले ढुक्क हुने अवस्था आएको छ,’ उहाँले भन्नुभयो ।

उपल्लो डोल्पाकै हिमालवारी डोल्पोबुद्धको १ नम्बर वडामा पनि २४ मिटर लामो ट्रस ब्रिज निर्माण सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार, टीबीएसयू , डोल्पोबुद्ध गाउ“पालिका , स्थानीयको सयुंक्त प्रयास र लगानीमा यि पुल बनेका हुन् । पुल निर्माणका सामग्री सर्वसाधारणले दुनैदेखि बोकेरै माथि पु¥याएका हुन् । दुनैदेखि माथिको क्षेत्र सडक सञ्जालमा जोडिएको छैन । सडक नहु“दा पनि सर्वसाधारणले पिठ्युमै बोकेर निर्माण सामग्री त्यो उचाइमा पु¥याएका हुन् । अर्का स्थानीय राजेश गुरुङले यो पुलबाट उपल्लो डोल्पामा सरकारको उपस्थिति देखिएको बताउनुभयो । ‘बर्षौंदेखिको ठूलो समस्या हल भएको मानेका छौं,’ उहाँले भन्नुभयो, ‘ज्यान हत्केलामा राखेर काठेपुलबाट वारपार गरिरहेकालाई यसले ठूलो राहत भएको छ ।’
ग्यास ,चुलो वितरण हुँदै





error: Content is protected !!