प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, छलफल सकारात्मक

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटका क्रममा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भएको भेटलाई सकारात्मकरुपमा लिइएको छ ।

सांसद रेशम चौधरीसहितमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, तराई–मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्दाहरु खारेज गरी सहयोग गरेमा जसपाले सरकारलाई सहयोग गर्ने पुरानै अडान अध्यक्ष ठाकुरले बैठकमा उठाउनुभएको बताइएको छ । बैठक सकारात्मक ढङ्गले अघि बढेको सल्लाहकार डा भट्टराईले बताउनुभयो ।

यसैबीच, सरकार तथा जसपाबीच वार्ता गर्न गठित कार्यदलको बैठक पनि आज बसेको छ । बैठकमा जसपाले राखेको मागबारे छलफल भएको डा। भट्टराईले जानकारी दिनुभयो ।





error: Content is protected !!