पात्रो हैन जिन्दगीको अवस्था बदल्नुस्

तपाईंले संकल्प गर्ने बेलामा आफूभित्र असीमित क्षमता रहेको र त्यो क्षमताको उपयोग भरपुर गरेको सम्झनु आवश्यक छ ।

हरेक वैशाख १ गते आएसँगै हामी सारा नेपालीहरूमध्ये अधिकांशलाई दराज, दलिन या भित्ताको किलामा झुन्ड्याइएको क्यालेन्डरलाई बदल्ने हतारो हुन्छ । ज्योतिष बाहरूले अरूको भविष्य हेर्न गोजीमा वर्षभरि जतन गरेर राखेको पात्रोले पनि काम गर्न छाडछ । त्यसलाई बदल्न उहाँहरू पनि हतार–हतार पात्रो पाइने पसलतिर लम्कनुहुन्छ ।
के नयाँ वर्ष तिनै भित्तामा झुन्ड्याइएका वा गोजीमा वर्षभरि जतन गरी राखेका पात्रोहरू बदल्न मात्र आएको होला त रु नयाँ वर्ष आउँदा पनि हाम्रो जिन्दगीको हालत पुरानै ढंगमा जस्ताको जस्तै रहनु ठीक होला त रु त्यसैले आउनुस्, नयाँ वर्षमा पात्रो मात्र हैन आफ्नो जिन्दगीको हालत पनि कसरी बदल्न सकिन्छ रु भन्नेबारे केही चर्चा गरौं ।
हामी सबैलाई थाहा छ, वर्ष दिन भनेको महिना–महिनाको योग हो । महिना भनेको दिन–दिनको योग हो । त्यसैले यदि नयाँ वर्षसँगै आफूलाई बदल्ने हो भने हरेक दिनमा आफूलाई सुधार्ने या बदल्ने प्रयत्न गर्नु आवश्यक छ । जब दिनदिनै तपाईं बदलिँदै र सुधारिँदै अगाडि बढ्नुहुन्छ । त्यसपछि हप्ता दिन, महिना दिन र वर्ष दिनमा पक्कै पनि तपाईं बदलिनु हुनेछ । फलतः अर्को नयाँ वर्षमा तपाईं को भित्तामा या गोजीमा रहेको पात्रो बदल्ने दिनसम्म तपाईंले आफूलाई बेग्लै, सुध्रिएको र अघिल्लो वर्षमा भन्दा सफल भएको पाउनुहुनेछ । योसँगै तपाईंको हालत पनि पक्कै बदलिनेछ ।

हरेक बिहान आफूलाई चार्ज गर्नुस्
बिहान उठ्नासाथ तपाईं सबैभन्दा पहिलो काम के गर्नुहुन्छ रु हामीमध्ये अधिकांशको जुरुक्क उठनासाथ पहिलो काम मोबाइल, ल्यापटप, टर्चलाई चार्ज गर्ने हुन्छ । त्यसो गर्नुहुन्छ भने त्यो कामलाई एकछिन थाती राख्नुस् । त्योभन्दा अगाडि तपाईंले हरेक दिन गर्नैपर्ने महŒवपूर्ण काम तपाईंले छुटाउनुभयो । यो छुटेको काम तपाईंले गर्नुभएन भने तपाईंको दिनभर आफूलाई आत्मविश्वास गुमेको, गर्नुपर्ने काममा ‘फोकस’ नभएको अरूसँग बोल्दा केही कुरामा ‘डिल’ गर्न नसकेको पाउनुहुनेछ । आत्मविश्वास घट्दै–घट्दै बेलुका सुत्ने बेलासम्म पूरै जिरो वा थकित अवस्थामा पुग्नुहुनेछ ।
त्यसो किन भयो त रु किनकि तपाईंले उठ्नासाथ महत्वपूर्ण काम छुटाउनु भयो । त्यो काम भनेको आफूलाई ‘रिचार्ज’ गर्न भुल्नु हो । जसरी तपाईंको मोबाइललाई रिचार्जको आवश्यकता पर्छ त्यसरी नै तपाईंको दिमागलाई पनि हरेक दिन रिचार्जको आवश्यकता पर्छ । यदि रिचार्ज गर्नुभयो भने तपाईंले बिताउने दिनमा जोसुकैले तपाईंको दिल दुखाउने वचन लगाओस्, अथवा समय र परिस्थितिले धोका देओस् । तपाईं मनमनै ढल्नुहुनेछैन, बरु दिनभर तरो र ताजा पाउनुहुनेछ ।
अब आफैंलाई कसरी रिचार्ज गर्ने त रु आफ्नो लक्ष्यअनुसारको संकल्प गर्न सक्नुहुन्छ । मानौं, तपाईं धेरै पैसा कमाएर विनोद चौधरीपछिको दोस्रो बिलिनियर बन्न चाहनुहुन्छ भने आफू बिलिनियर भएको संकल्प गर्नुस् । आफूले हरेक दिन धेरैभन्दा धेरै पैसा कमाएको, जोगाएको संकल्प गर्नुस् । आफ्नो लक्ष्य र चाहनासँग मिल्दो मोटिभेसनल भिडियो, मेडिटेसनको सहारा लिएर पनि आफूलाई रिचार्ज गर्न सक्नुहुन्छ । जे होस्, तपाईंले संकल्प गर्ने बेलामा आफूभित्र असीमित क्षमता रहेको र त्यो क्षमताको उपयोग भरपुर गरेको सम्झनु आवश्यक छ । आफूले जानेका संकल्पका उपायहरू अपनाएर आफूलाई एक
पटक जोसले जगाउनुस्, अनि मात्रै मोबाइल, ल्यापटप रिचार्ज गर्ने हो या अन्य कामतिर लाग्ने हो, लाग्नुस् ।

आत्मनिर्भर बन्नुस्
तपाईं किन सफल बन्नुभएन रु भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं के उत्तर दिनुहुन्छ रु ‘मेरो परिवारले साथ नदिएकाले, साथीले धोका दिएकाले, श्रीमती अथवा श्रीमान्ले सहयोग नगरेकाले’ भन्ने उत्तर तपाईंसँग छ भने तपाईंभित्र परनिर्भरता धेरै छ । तपाईंभित्र आत्मनिर्भरता छैन । त्यसैले तपार्इं तपार्इंको परिवार, साथी, आफन्त, श्रीमान्, श्रीमतीका कारणले हैन, आत्मनिर्भरता नभएका कारण तपाईं सफल बन्न सक्नुभएको छैन । तपार्इंलाई तपाईंको लक्ष्यसम्म पुग्न तपाईंका आसपास रहेका कसैले पनि शतप्रतिशत साथ दिन सक्दैनन् । किनकि उनीहरूले तपाईंले जुन चाहना र लक्ष्य राख्नुभएको छ, त्यसको शतप्रतिशत ज्ञान उनीहरूलाई हुँदैन । तपाईंलाई, तपाईंको चाहनालाई पूर्ण रूपमा बुझ्ने यो संसारमा एक मात्रै कोही मान्छे छ भने त्यो स्वयम् तपाईं मात्रै हो । त्यसैले परनिर्भरतालाई त्यागेर आत्मनिर्भरतातिर लाग्नुस् । अरूले धोका दिँदै गर्छन्। कुरा काट्दै गर्छन्, तपाईं आफ्नो गन्तव्यतर्फ लम्किन नछोड्नुस् । अरूले साथ दिएनन्, धोका दिए भनेर आफ्नो महान् लक्ष्य र चाहनालाई भुलेर अर्को बाटो नमोड्नुस् ।

संगतलाई सुधार गर्नुस्
जिन्दगीका हरेक उपलब्धि संगतसँग जोडिएको हुन्छ । त्यसैले त ‘संगत गुनाको फल’ भन्ने उखान चर्चित छ । यदि आफूले चाहेको क्षेत्रमा सफल बन्न चाहनुहुन्छ भने कृपया त्यो क्षेत्रमा तपाईंभन्दा अगाडि संलग्न रहेका सफल मान्छेहरूको लिस्ट बनाउनुस् । उनीहरूसँग भेट्ने, संगत गर्ने, उनीहरू सहभागी भएको ठाउँमा आफू पनि सहभागी हुने, उनीहरूका छलफल र भलाकुसारीहरूमा सहभागी हुने प्रयास गर्नुस् । मानौं, तपाईं सेयर बजारमा लगानी गरेर भविष्यमा सफलता हासिल गर्न चाहनुहुन्छ । अब तपाईंले विगत पाँच वर्षभन्दा अगाडिदेखि सेयर बजारमा लगानी गरिरहेका सफल मान्छेहरू खोजेर उनीहरूसँग संगत बढाउने प्रयत्न गर्नु आवश्यक छ । त्यसो गर्नुभयो भने उनीहरूको अनुभवबाट अहिलेसम्म किताबमा नलेखिएको, कसैले भिडियोहरू बनाएर नसिकाएको ज्ञान प्राप्त गर्न सक्नुहुन्छ । त्यसो त तपाईं कक्षामा आफ्नो पढाइ राम्रो बनाउन चाहनुहुन्छ भने कक्षाका सबैभन्दा मेहनती साथीको संगत गर्ने, तपाईं भविष्यमा गायन कलालाई निखार ल्याउन चाहनुहुन्छ भने गायनमा सफल भएकाहरूसँग संगत गर्ने प्रयास गर्नु आवश्यक छ । आफ्नो लक्ष्यअनुसारका मान्छेहरूको संगत बढाएर आफूलाई तपाईंले सुधार गर्नुस् ।

निरन्तरता
यो नयाँ वर्षसँगै तपाईंले गरिरहेका कामहरूमध्ये एउटा कामलाई निरन्तरता दिने संकल्प गर्नुस् । यदि तपाईंले चाहेका सबैभन्दा सफल मान्छेहरूको सफलताका बारेमा अध्ययन गर्नुभयो भने उनीहरूको सफलताका पछाडि निरन्तरता दिने उनीहरूको संकल्पले उनीहरूलाई त्यो उचाइमा पुगेको पाउनुहुनेछ । तपाईंको चाहनाको क्षेत्र व्यापार छ भने नेपालको सबैभन्दा ठूलो सुपर मार्केट भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको जीवनीको उदाहरण तपाईंका लागि उपयोगी हुन सक्छ । भनिन्छ, उनले आफ्नो गाउँबाट जम्मा ५ सय रुपैयाँ गोजीमा बाटो खर्च बोकेर काठमाडौँ छिरेका थिए । काठमाडौँमा एउटा सानु दोकानबाट व्यापारको सुरुवात गरेका उनी अहिले नेपालकै ठूलो सुपर मार्केटका मालिक कसरी भए त रु किनकि उनले जस्तोसुकै परिस्थितिमा पनि आफूले थालेको व्यवसायलाई निरन्तरता दिने संकल्प गरेका थिए । भनिन्छ, उनले सुरु गरेको पहिले स्टोरमा आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएर घाटामा गए पनि उनले आफ्नी श्रीमतीको गहना बन्धकी राखेर फेरि सोही व्यवसायलाई निरन्तरता दिए । फलतः अहिले उनी सफल भएका छन् । निरन्तरताको संकल्प गरिरहँदा अरूको आलोचना खेप्नुपर्ने हुन सक्छ । समय–परिस्थितिले गर्ने परीक्षामा पास गर्नुपर्ने हुन सक्छ । त्यो सबैलाई सामना गर्दै आफूले चाहेको एउटा क्षेत्रमा भने कुनै पनि हालतमा नछोड्ने संकल्प र प्रयत्नका साथ अगाडि बढ्नुभयो भने पक्कै पनि यो नयाँ वर्षले तपाईंलाई अर्को नयाँ वर्षसम्ममा अरूभन्दा बेग्लै, सफल, सक्षम व्यक्तिका रूपमा पु(याउनेछ । कृष्णचन्द्र बञ्जारा





error: Content is protected !!