लोडर खस्दा सह चालकको मृत्यु

रुकुम पश्चिम – सडक कालोपत्रे गर्ने क्रममा लोडर दुर्घटना हुँदा सह(चालकको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–९ सुलिहालेस्थित मध्यपहाडी लोकमार्ग कालोपत्रे गरिरहेको बा २ क ९८८३ नम्बरको लोडर सडकबाट खस्दा कैलालीको गोदावारी नगरपालिका–४ का २२ वर्षीय सन्तोष बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानको खाना खाएर लोडर स्टार्ट गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी चौकी सिम्लीका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले बताए ।

लोडर सडकबाट अन्दाजी ५० मिटर तल सानीभेरी नदीको बगरमा खसेको थियो ।





error: Content is protected !!