बुहारीलाई आगो लगाइ फरार अभियुक्त ७ वर्षपछि पक्राउ

बाँके ः आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्की आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका -२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका – १ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका पीडितका श्रीमान् र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!