मुड्केचुला गाउँपालिका माओवादी मय बन्दै,सिङ्गो गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा

डोल्पा,डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना पूर्व नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरेका छन् । शनिबार एक कार्यक्रमका बिच सोहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउपालिका पार्टी कमिटी सचिब कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका थिए ।

पूर्व नेकपा एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाहि लगाएत २३ जनाको सिँगो गाउँनै माओवादी केन्द्रमा प्रबेश गरेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिनुभयो । माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अव गाउँपालिकामा माओवादी केन्द्रको पकड बलियो भएको दावी समेत गर्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!