हेलिकप्टरबाट सामान ढुवानी

डोल्पा ः जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तह छार्का ताङसोङ गाउँपालिका–६, मुकोटमा निर्माण गर्न सुरु गरिएको झोलुङ्गे पुलका सामान हेलिकप्टरबाट पु¥याइएको छ ।
कादुरी’ संस्थाले निर्माण गर्ने सोे झोलुङ्गे पुलका लठ्ठा, डेक’लगायतका आवश्यक सामग्री त्रिपुराकोट बगरबाट हेलिकप्टरमार्फत मुकोट पु¥याइएको हो ।

दुई दिनसम्म गरी १२ लट’ सामान ओसारेर हेलिकप्टर फर्किएको डोल्पाका प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अब हलुका सामान खच्चड तथा मानिसबाटै ढुवानी गरिनेछ ।





error: Content is protected !!