डोल्पामा डोजर दुर्घटना , जाजरकोटका सिंहको मृत्यु

डोल्पा ः त्रिपुरासुन्दरी  नगरपालिका -२ रुम गाउँ नजिकै डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्। सुलिगार्ड- फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका ११ का १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। यस्तै‚ त्रिपुरासुन्दरी नगरपालिका ११ का १५ वर्षीय एकराज बुढा घाइते भएका छन्। उनको हात खुट्टामा चोट लागेका डिएसपी पाण्डेले बताए। एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

डोजर चालक नलगाड नगरपालिका १३ सिउनका अनमोल सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। डोजर सडकबाट करिब ३०० सय मिटर तल खसेको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!