एमालेमा माधव समूहले गर्‍यो समानान्तर कमिटीको अभ्यास (सूचिसहित)

काठमाडौं ः नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ ।

बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी गराएका थिए ।

आजै एमालेका नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको संयुक्त वक्तव्य समेत आउने भएको छ ।

नयाँ बनेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले सात प्रदेश इञ्चार्जसहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको हो ।

नेपाल पक्षले तोकेका इञ्चार्ज

प्रदेश १ – भीम आचार्य
प्रदेश २ – घनश्याम भुसाल
बागमती प्रदेश – अष्टलक्ष्मी शाक्य
गण्डकी प्रदेश – सुरेन्द्र पाण्डे
लम्बिनी र कर्णाली प्रदेश – युवराज ज्ञावली
सुदूरपश्चिम प्रदेश – भीम रावल
युवा – रघुजी पन्त
विद्यार्थी – गोकर्ण विष्ट
बुद्धिजिवी – प्रमेश हमाल
प्रचार विभाग प्रमुख – योगेश कुमार भट्टराई





error: Content is protected !!