केन्द्रीय कमिटीमा लगिँदै माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव

काठमाडौँ ः नेकपा माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय कमिटीमा लग्ने तयारी गरिएको छ। आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटीमा नाम फेर्ने प्रस्ताव लग्ने तयारी गरिएको हो।

फागुन २५ गते बसेको स्थायी कमिटीले पार्टीको समग्र अवस्थाको विषयमा अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन गरिएको थियो। जसमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन्। एमालेमा केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई कारवाही गरी सकेकाले उनीहरुलाई समेत लक्षित गरेर नयाँ पार्टीको प्रक्रिया अघि बढाउन थालिएको हो।

एमालेबाट छुट्टिएर नेपाल खनाल पक्षसमेत बेग्लै पार्टी बनाउनुपर्ने अवस्थामा पुगेकाले माओवादीले त्यसको समेत मनोभावना बुझेर नाम परिवर्तन गर्ने तयारी गरेको हो। दुबै पक्षलाई चित्त बुझ्ने गरी माओवादी केन्द्रले नामको प्रस्ताव तयार गर्ने बुझिएको छ। सबै पक्षलाई समेट्न नाममा अब बन्ने नयाँ पार्टी कम्युनिस्ट भन्दा दायाँ बायाँ नहुने कार्यदलका सदस्य एवम् स्थायी कमिटी एक सदस्यले बताए।

‘नयाँ पार्टीको नाम जुनसुकै राखे पनि कम्युनिस्ट नै बन्छ। कम्युनिस्ट हाम्रो आर्दश हो । हाम्रो आस्था विश्वाससँग जोडिएको कुरा भयो। त्यसबाट यता उता भन्ने हुँदैन,’ ती नेताले भने। कार्यदलले माओवादी केन्द्रको सांगठनिक अवस्थाको विषयमा समेत ठोस प्रस्ताव ल्याउने भएको छ। पार्टी संगठन जनवर्गीय संगठनको अवस्था लगायत समर्ग विषय समेटेर केन्द्रीय कमिटीमा पेश गरिने भएको हो।

पार्टी कमिटीलाई बलियो बनाउन माथिल्लो कमिटीलाई तल्लो कमिटीले निर्वाचित गर्ने व्यवस्था गरिने भएको छ। यस्तो हुँदा माथिल्लो कमिटी तल्लो कमिटीसँग उत्तरदायी हुने नेताहरुले बताएका छन् नेकपाबाट छुट्टिएपछि सबै कम्युनिस्टहरुलाई जोडेर बृहत वामपन्थी धुर्वीकरण गरेर जाने कार्यदलका सदस्य एवम् स्थायी कमिटी अर्का एक सदस्यले बताए।





error: Content is protected !!