प्रत्येक पालिकामा नमुना सामुदायिक विद्यालय

हेमन्त न्यौपाने
जाजरकोट –  सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमुना विद्यालय निर्माण गरेको छ । प्रति विद्यालयमा रु २० देखि ५० लाख सम्मका नमुना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिनुभयो । भौतिक पूर्वाधार नहुँदा समस्यमा परेको विद्यालयहरु नयाँ भवनहरु निर्माण सँगै खुसी छाएको छ । उहाँका अनुसार नलगाड नगरपालिकाको बीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु, बीरेन्द्र एश्वर्य माध्यमिक विद्यालय लिम्सा, बारेकोट , भेरी नगरपालिकाको दिपेन्द्र माध्यमिक विद्यालय कालाभुर , लक्ष्मी प्राप्ति मावि खुर्पा कुशेमा नयाँ आधुनिक भवन निर्माण भएका हुँन् ।

त्यस्तै छेडागाड नगरपालिका ४ मा रामोदय मावि जेवा ,जुनिचाँदे गाउँपलिकामा महेन्द्र मावि कोताङ , शिवालय गाउँपालिकामा सरस्वती मावि सिमा र भेरीकै त्रिभुवन मावि खलंगामा नयाँ भवन निर्माण गरिएका हुँन्। त्यस्तै रु २० लाखमा भेरी नगरपालिका भित्र रामजनकी प्रावि इउरी, बालप्रावि कुस्तरामा आधुनिक भवन निर्माण गरिएको छ । त्इस्तै गरि कालिका माध्यमिक विद्यालय छेडागाड , कालिका मावि सेडाखरेमा समेत सुविधा यूक्त भवन निर्माण गरिएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो ।


त्यस्तै २० लाखमा जनता प्रावि थानवाडा , बारेकोट ३ मुलसाम स्थित दिपेन्द्र मावि र नलगाड नगरपालिकामा जुनिबालसंरक्षण माविका भवनहरु निर्माण गरिएका छन् । विद्यालय व्यवस्थापन समितिको सक्रियातमा विद्यालय भवन निर्माण भएका हुँन् । भवन निर्माणसँगै विद्यार्थीहरु रमाएर बस्न पाएका छन । नवनिर्मित भवनको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , प्रदेश योजना आयोगको टोलीले समेत अनुगमण ,निरीक्षण गरि गुर्णस्तर राम्रो भएको बताएको छ ।

यो वर्षमा नलगाड नगरपालिकाको जुनिबाल संरक्षण मावि सिर्के , भेरी नगरपालिकाको त्रिवेणी मावी रिम्ना , छेडागाडको नारायणी मावि कार्कीगाउँ , ज्ञानकुन्ज क्याम्पस दशेरामा निर्माण कार्य जारी रहेको छ । आवश्यकता , विद्यार्थीको चापका आधारमा विद्यालय भवन निर्माण गरिएको प्रमुख विष्टले जानकारी दिनुभयो । जाजरकोटमा विद्यालय भवनको अवस्था कम्जोर रहेको भन्दै यहँले अझै धेरै विद्यालय निर्माण कार्य जारी रहेको बताउनुभयो ।

त्यस्तै स्थानीय तहले पनि विद्यालय निर्माण कार्य जारी राखेका छन् । विद्यार्थीलाइ खेलमैदानको समस्य भएको ठाउँमा खेल मैदान , विद्यालयमा घेरावारको काम समेत भएको बताएको छ । प्रदेश सरकारको मताहातमा रहेको सामाजिक विकास कार्यालयले संरचना निर्माण तथा गुर्णस्तरमा ध्यान दिएको बताएको छ ।





error: Content is protected !!