सुन्सान रातमा भव्य स्वागत -सडक पुग्यो , जैविक विविधता नमास्न आग्रह


हेमन्त न्यौपाने

जाजरकोट , २४ फागुन ः सोमबार बेलुकी एक दर्जन जिपहरु सिर्पाचौर स्थित मगर बस्तीमा पुग्दा यहाँका सर्वसाधारणहरु फूलमाला लिएर स्वागत गर्दै थिए । सोच्दै नसोचेको समय र ठाउँमा छोटै समयमा यातायातका साधन पुग्दा लालीगुरासका फूल सहित राती १० बजे सम्मा स्वागतका लागि तयार भइ बसेका सवै उमेर समुहका सर्वसाधारणहरु अनुहारमा खुसी मात्र थिएन , अव थुर्पै खालको विकास छिटो हुनुपर्ने भाव समेत झल्किएको थियो ।

कर्णाली प्रदेश प्रदेश योजना आयोग उपाध्यक्ष डाक्टर सर्वराज खड्का, सदस्य डाक्टर दिपेन्द्र रोकाय , योगेन्द्र शाही ,प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह र प्रदेशका सवै कार्यालय प्रमुखहरु बारेकोट गाउँपालिका –१ सिर्पाचौर सडक हेर्न त्यहाँ पुगेका थिए । प्रदेश योजना आयोगले स्थलगत रुपमा गाउँ बस्तीमै पुगेर योजना बनाइ कार्यान्वन गर्नुपर्ने भन्दै सिर्पाचौर पुगेको आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायले जानकारी दिनुभयो । बारेकोट गाउँपालिका गएको बर्षायाममा बाढी ,पहिरो छिया,छिया बनाएको स्थलको समेत अध्ययन गरिएको छ । त्यस्तै राती नै वडा ४ को जिरीमा समेत यसै गरि भव्य स्वागत गरिएको छ ।

स्वागतमा आएका ६ वर्ष देखि ७० वर्ष सम्मका सवै सर्वसाधारणले सडक निर्माणसँगै अन्य विकासको लागि भारी काम गर्न बजेट तथा योजना बनाउन समेत आग्रह गरिएको छ । आयोग टोली लगाएत प्रदेशसभा सदस्य सिंहलाई स्थानीयले बिभिन्न माग राखेर हैरान समेत बनाकएका छन् । विद्यालय, खानेपानी , भौतिक संरचनाको माग उच्च रुपमा उठेको छ । गाउँ, गाउँमा सडक क्रान्ति नै भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ जाजरकोट सदरमुकाममा गाडी सञ्चालनमा आएको देख्दा मेरो गाउँमा यसरी नै यातायातका साधन कहिले सञ्चालन होला भनि राती सपना समेत देख्ने गर्थे । तर मेरो पालामा गाउँपालिका भरी सडक पुगेर यात्रा गर्न पाएको छु ।”


सडक व्यवस्थित गर्न नसके बारेकोटको जैविक विविधता नाँस हुँने
सडक सञ्जाल विस्तारसँगै बारेकोटको उच्च भागमा रहेको जैविक विविधता नाँस हुँने चिन्ता समेत बढेको छ । जिल्लाकै सम्पतीको रुपमा रहेको वडा ४ मा रहेका बिभिन्न दर्जन बढी पाटन, हिमाल तथा वहुमुल्य जडीवुटीहरु नाँस हुँन बाट रोक्न सचेत हुँनुपर्नेमा जोड दिइएको छ । नलगाड नदीको मुख्य मुहान समेत रहेको चाखुरे क्षेत्र भौगलिक रुपमा मात्र सुन्दर नभइ यहाँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत समेत बन्दै आएको छ । प्रदेशका योजना अनुगमण ,निरीक्षण तथा नयाँ योजना कस्ता ,बस्ता बनाउने भन्नेमा स्थलगत अध्ययनमा गएका प्रदेश योजना आयोगको टिमसँग यो कुरा उठाएको छ ।

विकास भारी गर्ने तर यहाँको जैविक विविधता लाइ बचाइ राख्न सके पछिल्लो पुस्तालाइ नाँसोको रुपमा समेत रहने गाउँपालिकाका अध्यक्ष शाहले समेत बताउनुभयो । बर्षायाममा छिया,छिया भएका ठाउँको विस्तृत अध्ययन गरि सुरक्षित आवासका साथै प्रकृतिक रुपमा सन्तुलन गर्न समेत ध्यान आक्रषण गराएको र सचेत भएको प्रदेशसभा सदस्या गणेसप्रसाद सिंहले बताउनुभयो । जाजरकोटका सवै स्थानीय तहका अधिकांश ठाउँमा प्रदेश सरकारले नै सडक निर्माण गरेको छ । सडक निर्माण गर्दा पानीको अवस्था र वातावरणमा पर्ने प्रभाज ख्याल गरेमा मात्र खानेपानी संरक्षण गर्न सकिने खानेपानी सिँचाइ तथा उर्जा विकासका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो ।


सिस्नु रोटीले पाहुँनाको स्वागत
प्रदेश योजना आयोगका टोली ,सांसद तथा अन्य प्रदेश कार्यालयका प्रमुखलाई बारेकोट गाउँपालिकाले सिस्नु र मकैको रोटीले स्वागत गरेको छ । यहाँका मौलिक खाना रुपमा रहेको यो भोजन प्रचारप्रसारको लागि आफूहरु लागि परेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।





error: Content is protected !!