उत्पादनको भण्डारमा सिँचाइ सुविधा

हेमन्त केसी
जाजरकोट –  उत्पादनको भण्डारको रुपमा स्थापित भेरी नगरपालिका –१ होलुखोलामा , रावतगाउँ र विरौटामा सिँचाइ सुविधा पुर्याएको छ ।

करिव रु १ करोड रुपैयाँमा यि सिँचाइ सुविधा पुर्याएपछि थप उत्पान बढ्ने अपेक्षा लिइएको छ । करिव ५०० भन्दा बढी स्थानीयवासीहरु यो सिँचाइ सुविधाबाट लाभ लिइरहेका छन् । जिल्लाको सवै भन्दा बढी धान तथा अन्य अन्न उत्पादन हुँने क्षेत्र मात्र नभएर उत्पादतका हिसावले पकेट क्षेत्रको रुपमा घोषणा गरिएको यस ठाउँमा व्यवस्थित सिँचाइ प्रणाली पुगेसँगै कृषकहरु खुसी भएको स्थानीय सहदेव बस्नेतले जानकारी दिनुभयो ।

वेमौसमी तरकारी बाली देखि गहुँको विउँ उत्पादनबाट निकै चर्चा कमाएको यस ठाउँमा सिँचाइ पुगेपछि आर्थिक रुपमा राम्रो लाभ हुँँने उहाँको भनाइ छ । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा यि सिँचाइ योजनाहरु निर्माण गरिएको सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिनुभयो । कृषि जेटिए समेत बढाइ हुँने यहाँ विद्यार्थीलाइ प्रयोगात्मक सिपको लागि समेत सहज हुँने अपेक्षा लिइएको छ । सदरमुकाम लगाएत सुर्खेत र नेपालगन्ज समेत यहाँ उत्पादन गरेको तरकारी पुग्ने गर्दछ ।

अव्यवस्थित सिँचाइ सुविधा हुँदा हैरानी भोगेको सर्वसाधारणहरु व्यवस्थित सिँचाइ निर्माण सँगै खुसी भएको स्थानीय कृषक दलबहादुर खत्रीले जानकारी दिनुभयो । बीचमा होलुखोलामा भारी पानी खेर गएर सिँचाइ सुविधा पाउन बाट बन्चित भएका सर्वसाधारणहरु सिँचाइ नहर निर्माण भएसँगै खेतबारीमा ढुक्कका साथ सिँचाइ गर्न पाउदा हर्सित भएको बताएका छन् ।

यो आर्थिक वर्षमा मात्र दर्जन सिँचाइ तथा खानेपानीको योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो । आवश्यकता र परिणाम देखिने गरी काम भएको उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!