लेक लागेका कलाकार सुनारको हेलिकप्टरबाट उद्धार

डोल्पा ः ‘रेलको बाटो’ गीतको छायांकनका लागि डोल्पाको शे–फोक्सुण्डो ताल पुगेका एक कलाकार लेक लागेर बिरामी परका छन्। भिडियो छायांकनकालागि पुगेका कलाकार अमृत सुनार लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको छ।

केही दिन अघिमात्रै काठमाडौंबाट डोल्पा पुगेका सात जनामध्ये अधिकांशलाई फोक्सुण्डो ताल पुग्दासम्म लेक लाग्ने समस्या देखिएको छ। अरु भन्दा सुनारलाई श्वास फेर्न अफ्ठेरो भएपछि हेलिकप्टरबाट उद्धार गरिएको स्थानीय कलाकार लक्ष्मण देवकोटाले जानकारी दिए।

निकुञ्ज सुरक्षार्थ बसेको सेनालाई खबर गरेर उद्धारका लागि हेलिकोप्टर बोलाइएको देबकोटाले बताए। कर्णालीको परिवेशमा आधारित ‘रेलको बाटो’ गीतको अडियो केही दिनअघि युट्युबमार्फत् सार्वजनिक भएको थियो। लेखराज गिरीको शब्दमा रहेको गीतमा सुरज पण्डितको स्वर र संगीत छ भने चिरञ्जीवी सापकोटा सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ।





error: Content is protected !!