आफ्नै क्षेत्रमा अर्थमन्त्रीलाई अवरोध, कार्यक्रमको मञ्च भत्काइयो, ढुंगा हानियो

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयबासीले अवरोध गरेका छन्। माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका स्थानीयले कार्यक्रम गर्न लागिएको मञ्च पनि भत्काइदिएका छन्।

प्रदर्शनमा उत्रिएका स्थानीयबासीले आफ्नो क्षेत्रका लागि मन्त्रीले केही नगरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका स्थानीयले आफूहरुको सम्मानजनक स्थानान्तरण माग गरेका छन्। विरोधमा उत्रिएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मञ्चसमेत भत्काइदिएका छन्।

कडा सुरक्षाबीच बनाइएको मञ्च स्थानीयले भत्काइदिएर विरोध गरिरहेका छन्। त्यही क्रममा पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार भएको छ । मोतीपुर औद्योगिक करिडोरको शिलान्यासका क्रममा पौडेलमाथि लक्षित गर्दै ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार भएपछि प्रहरी र स्थानीयबीच झडप भएको छ।





error: Content is protected !!