दुवै मृगौला फेल भएका बस्नेतद्धारा सहयोगको याचना

जाजरकोट ,  दुवै मृगौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शैयामा छट्पटाइरहेका जाजरकोट नलगाड नगरपालिका ८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका याचना गरिरहेका छन् । उपचार गर्दा गदै सवै सम्पती सकिएको भन्दै उहाँले आफूलाइ सहयोग गरेर बचाई दिन अनुरोध गरेका छन् ।

अत्यान्त विपन्न परिवारका उनी अहिले काठमाडौँ स्थित केएसी अस्पतालमामा उपचार गराईरहेका छन् । उनको हप्तामा दुई पटक डाइलोसिस गर्नु पर्छ । गत पुसमा विरामी परेका उनलाई उपचारको लागि काठमान्डौ लगिएको थियो । शिक्षण अस्पताल काठमान्डौले दुवै मृगौला फेल भएको पत्ता लगाएको थियो । काठमान्डाँैमै उपचार गराईरहेका उहाँलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मृगौला दिने तयारी गरेपनि आर्थिक अभावले मृगौला प्रत्यारोपन गर्न नसकिएको बस्नेतकी श्रीमती दिलमाया बस्नेतले बताउनुभयो ।

घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा,छोरी साना छन् । घरमा कमाई गरिदिने कोही छैनन् । दैनिक छाक टार्न समेत मुस्किल परिरहेको परिवारले मृगौला प्रत्यारोपन गर्न लाग्ने १०/१२ लाख रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ताले सताईरहेको छ उहाँले भननुभयो , ‘म श्रीमानलाई बचाउन चाहन्छौ तर हामी सँग पैसा छैन । अहिले सम्म ऋणसाहु गरेर बचायौँ । प्रत्यक हप्ता दुई पटक डायलासिस गर्ने र दुई महिनाको एक पटक रगत दिनु पर्दछ उहाँले भन्नुभयो । सहयोग गर्न चाहानुहुने महानुभावले नेपालपोष्टको फोन नम्वर ९८५८०५००२८ मा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।





error: Content is protected !!