आगामी आइफोनमा यस्ता हुनेछन् फिचरहरु

एप्पलले सन् २०२१ मा चार ओटा आइफोन मोडेल निकाल्ने भएको छ । एप्पलले सन् २०२१ को दोस्रो भागमा आइफोन निकाल्न सक्ने भएको हो।

ती चार आईफोन सन् २०२० को आइफोन जत्रै आकारमा हुने बताइएको छ । अझै एक वर्ष आइफोन सानो आकारमा आउनेछ ।

म्याक्स वेइनबाचको रिपोर्ट अनुसार सन् २०२१ मा आउने आइफोनमा १२० हर्जको एलटीपीओ डिस्प्ले हुनेछ जसलाई हेर्दा लक स्क्रीन जस्तै देखिन्छ र यसले इन्पुट बिनानै केही विस्तृत जानकारी दिन सक्नेछ ।

आइफोन प्रोमा अपडेट गरिएको अल्ट्रा वाइड लेन्स हुनेछ जसको अपर्चर एफर१।८ रहने बताइएको छ । यसमा अटोफोकसको पनि फिचर हुनेछ ।

सन् २०२१ को मोडेलमा ठूलो क्षमताको ब्याट्री समेत राखिने छ । यी सबै फोनहरुमा क्वालकमको एक्स सिक्स्टी फाइभजी मोडेम पनि हुनेछ ।

यसमा सामसङको जस्तै पञ्च होल डिस्प्ले हुनेछ । रिपोर्ट अनुसार एप्पलले सन् २०२२ मा फाईभजी कनेक्सन भएको नयाँ एसई मोडेल पनि सार्वजनिक गर्ने बताएको छ ।





error: Content is protected !!