मंगल ग्रहमा यसरी अवतरण गरेको थियो पर्सिभिअरेन्स यान (भिडियोसहित)

काठमाडौँ ः नासाले मंगल ग्रहमा पठाएको विशेष यान (पर्सिभिअरेन्स) अवतरण गरेको भिडियो सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले पर्सिभिअरेन्स यान अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको हो ।

गएको शुक्रबार नासाले पठाएको यान मंगल ग्रहमा अवतरण गरेको थियो । सात महिनासम्म ४७ करोड बढी किलोमीटरको यात्रा गरेर पर्सिभिअरेन्स यान मंगल ग्रहमा पुगेको थियो । यान मंगल ग्रहमा अतवरण गर्नेवित्तिकै नासाले मंगल ग्रहका तस्बिर सार्वजनिक गरेको थियो ।

त्यसको झण्डै एक हप्तापछि नासाले यान अवतरण गरेको अफिसियल भिडियो सार्वजनिक गरेको हो । भिडियोमा यानले मंगल ग्रहमा अवतरण गर्दाको दृश्य देखिन्छ । जहाँ सुरुमा बेलुनमा झुण्डिएको यान, त्यसका चक्काले विस्तारै धुलोमाटो उडाएर भुई छोएको दृश्य देखिन्छ । यो यानको सबै दृश्य कैद गर्नका लागि नासाले सात वटा क्यामेरा जडान गरेको छ ।

ती क्यामेराकै सहयोगमा नासाले मंगल ग्रहको पछिल्लो अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।

नासाले सार्वजनिक गरेको भिडियो





error: Content is protected !!