नयाँ जोनको लागि सिफारिस

जाजरकोट – मौरी र सुन्तला जोनको सफलता पछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्धारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडी सारेको छ ।
नयाँ सिफारिसमा दलहन बाली , ओखर र बाख्राको जोन बनाउन पहल थालेको छ । कृषि विकास कार्यालय , सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरि नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्वर बस्नेतले बताउनुभयो । नयाँ सिफारिस गरिएका सूचीहरु जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्यमा पर्दछ ।
यो भन्दा अघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोन समेत व्यापक रुपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरि प्रस्ताव गरिएको हो । सम्भावना हुँदा ,हुँदै आवश्यक सहयोगको अभावमा कृषकहरुले समस्या भोगेको गूनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिनुभयो । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुँने गरेको छ ।
त्यस्तै जाजरकोटमा उत्पादन हुँने महका विषयमा समेत अध्ययनका लागि विदेशबाट अनुसन्धानकत्र्ताहरु पुगेका छन् । जोन सञ्चानलसँगै अहिले जाजरकोटका कृषकहरुले अर्थर्जनमा समेत राम्रो गरेको बताएको छ । नयाँ , नयाँ उपकरणसँग समेत परिचित भएको पाइएको छ । सरकारको १० वर्षे कार्यक्रम भित्र जाजरकोटले धेरै आर्थिक रुपमा फाइदा लिन सक्ने अपेक्षा लिइएको छ ।








