टेलिकमको पोष्टपेड मोबाइलमा ‘आईएसडी’ सुविधा लिन वा बन्द गर्न यसो गर्नुहोस्

काठमाडौं –  नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कलका लागि ‘आईएसडी’ सुविधा दिँदै आएको छ । जुन सेवा प्रयोगकर्ता आफैले सहजै लिन सक्छन् ।

सेवा आफै सुचारु गराउन एउटा पिन नम्बर भने आवश्यक पर्छ । टेलिकमका अनुसार आईएसडी सुविधा लिन जीएसएम मोबाइलका लागि ‘००००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४’ डिफल्ट पिन नम्बर हुन् ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा सुचारु गर्नका लागि प्रयोगकर्ताले ‘#३३१*पिन#’  डायल गर्नुपर्छ । सेवा बन्द गर्न ‘*३३१*पिन#’ डायल गर्नुपर्ने हुन्छ। साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#३३१#  डायल गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो अकाउण्टको सुरक्षा चाहनुहुन्छ भने सुरक्षाका लागि डिफल्ट पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छाअनुसारको पिन नम्बर राख्न सक्नुहुनेछ । जीएसएम पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्नका लागि ‘‘**०३*३३१*पुरानाे पासवर्ड*नयाँ पासवर्ड#’डायल गर्नुपर्ने हुन्छ ।





error: Content is protected !!