आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड ,नेपाल पक्षले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाउने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सबै जिल्लाहरुमा जनयुद्ध दिवस मनाउनका लागि सर्कुलेसन गरिएको स्रोतले जनाएको छ ।
सबै जिल्लाहरुमा शहीद स्मृती तथा सम्मानको कार्यक्रमहरुको आयोजना गर्ने र पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिने बताइएको छ ।
तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी गरेको थियो । माओवादी शान्तिप्रक्रियामा आइसकेपश्चात पनि त्यसैको सम्झनामा फागुन १ गते जनयुद्ध दिवस मनाइँदै आएको छ ।
संसद विघटनपछि दुई समूहमा विभाजन भएको नेकपाको अर्को ओली पक्षले भने कुनैपनि कार्यक्रमको आयोजना नगरेको स्रोतले जनाएको छ ।
त्यस्तै पुर्व शान्तिमन्त्री सत्य पहाडीले स्टाटस लेख्दै भन्नुभएको छ । आज महान जनयूद्ध दिवस । जनक्रान्तिका उपलब्धिको रक्षा र प्रतिगमन विरुद्धको आन्दोलनमा यो दिन सवैको निम्ति उर्जा र प्रेरणा बनोस सबैलाई हार्दिक शुभकामना ।
यो अवसरमा सम्पुर्ण महान शहिद वेपत्ताहरु प्रति हार्दिक श्रद्धान्जली , जनक्रान्तिका घाईते अपांग , शहिद परिवार , वेपत्ता परिवारजनहरु र जनक्रान्ति को क्रममा कठोर जेल जिवन विताउने सम्पुर्ण मा हार्दिक सम्मान व्यक्त गर्दछु । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक विज्ञप्ति निकालेर जनयूद्ध दिवसको शुभकामना दिनुभएको छ ।











