सल्यानमा ६ महिनामा ६४ बेपत्ता

सल्यान – सल्यानमा ६ महिनाको अवधिमा ६४ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३४ महिला, १८ पुरुष र १२ बालबालिका बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये ४२ जना मात्र सम्पर्कमा आएको प्रहरीले जनाएको छ । अझै २० जनालाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार गरिबी, घरायसी विवाद र बेरोजगारी समस्याले बेपत्ता हुनेको संख्या बढेको हो । अहिलेसम्म ११ महिला, ८ पुरुष र ३ बालबालिका सम्पर्कमा नआएको उनले जानकारी दिए । बेपत्ता भएका महिलामध्ये अधिकांश विवाहित छन् ।





error: Content is protected !!