संवैधानिक आयोगमा नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौं – संवैधानिक आयोगहरुमा भएको नियुक्तिबारे सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको हो । इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले संविधानको प्रतिकूल हुने गरी संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!