डोल्पो ट्रेकिङ रूटका होटलमा आएको परिवर्तन

रचना मुखिया

डोल्पाका २९ वर्षीय चाँद हमाललाई आफ्नो क्षेत्रका सीमान्तकृत र गरिब जनताको जीवनस्तर उकास्ने सपनाले सधैं जगाउँथ्यो। आफ्नो क्षमता र लगनले भ्याएसम्म डोल्पो क्षेत्रका जनतालाई समुन्नत बनाउने योजना सजिलो थिएन। तर, के गर्ने भन्ने अन्योलले उनलाई उत्तिकै गाँजिरहेको थियो।

यसबीच उनी काठमाडौंबाट कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक सकेर डोल्पो क्षेत्र फर्किए। आफू जन्मिएको र हुर्किएको ठाउँ फर्किएपछि उनले सुरूमा पुस्तैनी ुहोटल ब्लु शीप इनु सम्हाले। यो होटल उनका पिताले तीन दशकअघि सुरू गरेका थिए।

होटल सञ्चालनसँगै उनले एउटा बोर्डिङ स्कुल र गैरसरकारी संस्था स्थापना गरे। यी दुई क्षेत्रमा हात हाल्नुको एउटै उद्देश्य थियो— समुदायको विकासमा योगदान गर्ने।

शिक्षा र एनजिओको काममा व्यस्त रहँदै गर्दा चाँदले चौधरी फाउण्डेसनले प्रवर्द्धन गरिरहेको ुनेपाल सोसल बिजनेस (एनएसबी) द्वारा सञ्चालित डोल्पो इको–लज परियोजनाबारे सुने। आफू त्यसमा जोडिनुपर्छ भन्ने लाग्यो।

उनले ढिलो नगरी परियोजनाका कर्मचारीसँग सम्पर्क गरे। त्यसपछि उनी यो परियोजनासँग जोडिए। परियोजनामार्फत उनले आफ्नो पुस्तैनी होटलका लागि लगानी पनि पाए। त्यो लगानीलाई उनले साइनबोर्ड, अट्याच बाथरूम निर्माणदेखि कोठा सिँगार्नसम्ममा खर्चिए।

चौधरी फाउण्डेसनको आर्थिक सहयोगले मलाई ठूलो सहारा दियो। होटलको स्तरोन्नति गर्न सघायो। त्यसमाथि हामीलाई दिइएको आतिथ्य र लेखा व्यवस्थापनको तीन दिने प्रशिक्षणले पनि ठूलो आडभरोसा दियो, चाँद भन्छन्, पछिल्लो समय यो क्षेत्रमा बढ्दै गएको पर्यटक आगमनका कारण पनि हामीले निश्चित मापदण्ड र व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने हुन्छ। एनएसबीको परियोजनाले हामीलाई यी सबै कुरा राम्ररी सिकाएको छ।

४८ वर्षीय भीमप्रसाद गुरुङलाई दशकौंदेखि होटल खोल्ने सपनाले पछ्याइरहेको थियो। सम्झिने बेलादेखि उनलाई होटल खोल्ने आकांक्षाले छाडेको थिएन। तर दस जनाको परिवार पाल्न शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा जागिर खान थालेपछि उनको सपना क्रमशः तुहिँदै गयो। होटलका लागि चाहिने लगानी पनि अर्को महाभारत थियो। यी र यस्तै परिबन्दका कारण उनले होटलको सपनालाई थाँती राखे।

२०७२ सालतिर नेपालका एकमात्र अर्बपति विनोद चौधरी पदयात्राका क्रममा भीमप्रसादको घर पुगे। डोल्पोका होटलहरूको कमजोर अवस्था देखेपछि विनोदलाई लाग्यो– यस क्षेत्रका होटलको स्तरोन्नति गराउन सके यहाँको पर्यटन प्रवर्द्धनमा उल्लेख्य सुधार ल्याउन सकिन्छ।

पदयात्रासँगै विनोदले डोल्पो इको–लज परियोजना कार्यान्वयन गर्ने योजना बनाए। त्यो रात उनी भीमप्रसादको घरमै बसे। भीमप्रसादले कुरैकुरामा आफ्नो वर्षौं पुरानो सपना सुनाए। उनको लगन देखेर विनोदले भने, नआत्तिनुस्, हामी सघाउँछौं।

विनोदले उनलाई चौधरी फाउण्डेसनको एनएसबीमार्फत आर्थिक र प्राविधिक सहयोग जुटाइदिए। आतिथ्य सत्कारसम्बन्धी प्रशिक्षण दिलाए। र, अन्ततः भीमप्रसादले र्‍याचीमा होटल पाहुनाघर खोले। प्रशिक्षणले उनमा आत्मविश्वास जगायो।

पहिले–पहिले थोरै विदेशी मात्रै डोल्पो घुम्न आउँथे तर अचेल नेपाली पर्यटक संख्या धेरै बढेको छ। यही देखेर म होटलतिर तानिएको हुँ। पर्यटक आउने क्रम यसैगरी बढिरहोस् भीमप्रसाद भन्छन्, यो वर्ष कोरोनाले सबैतिर समस्या पार्‍यो। हाम्रो होटल पनि बन्द भयो। अर्को वर्ष त कसो हलुका नहोला र ?

डोल्पाको जुफाल भन्ने ठाउँमा होटल त्रिपुरा सञ्चालन गरिरहेका ४० वर्षीय बालकृष्ण डाँगीको चिन्ता होटल स्तरोन्नतिलाई लिएर थियो। आर्थिक अभावका कारण उनको यो योजना सुषुप्त अवस्थामा थियो। उनले कता–कताबाट एनएसबीको डोल्पो इको–लज परियोजनाबारे सुने र सहयोगका लागि आग्रह गरे। उनलाई धेरै पर्खिनु परेन। आर्थिक सहयोग पाएपछि उनले होटलका लागि नयाँ भवन निर्माण गरे। ६ वटा कोठा थपे। चिसो र तातो पानीको व्यवस्थापन गरे।

होटल शेर्पा
तालिमले ठूलो सहयोग गर्‍यो। अब म बिजनेस प्लान बनाउन र आम्दानी–खर्चको हिसाबकिताब राख्न सक्ने भएको छु,  बालकृष्ण उत्साहित हुँदै भन्छन्, पहिले त यसबारे सिन्को थाहा थिएन। त्यससँगै यो परियोजनाले मेरो होटललाई विभिन्न ट्रेकिङ एजेन्सीसँग जोड्ने काम पनि गर्‍यो। हामीजस्ता यो कुनाका मान्छेलाई अगाडि बढ्न उत्प्रेरित गर्ने चौधरी फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद ?

डोल्पोका युवा व्यवसायी रिग्जिन वांगेल बुढाका लागि त यो परियोजना आफ्नो व्यवसायिक जीवनमा नयाँ उत्साह थप्ने महत्वपूर्ण माध्यम बन्यो। ट्रेकिङमा रहेका अर्बपति चौधरीलाई उनले आफ्नै थलोमा भेटे र केही नयाँ काम गर्न चाहेको बताए। लगत्तै चौधरीले उनलाई यस परियोजनामा जोडिदिए। चौधरीले रिग्जिनलाई काठमाडौंमै आएर होटलसम्वन्धी एक बर्षको विभिन्न तालिम लिने अवसर उपलब्ध गराए।

रिग्जिनले होटल समिटमा होटल व्यवस्थापन सहितका आन्तरिक काम सिक्ने मौका पाए। साथै, चौधरी फाउण्डेसनमा रहेर सामाजिक काममा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने बारेमा पनि ज्ञान हासिल गरे। अहिले उनी डोल्पो फर्किएर आफ्नो होटल शेर्पाुलाई पर्यटकीय होटलमा रुपान्तरण गरेका छन्। र, सामाजिक काममा पनि आफुलाई जुटाएका छन्।

रिग्जिन भन्छन्, विनोद चौधरीसँगको भेटले मेरो जीवनमा ठूलो अर्थ राख्छ। डोल्पो क्षेत्रको पर्यटकीय विकासका लागि उहाँको योगदानप्रति हामी डोल्पाली सदैव आभारी रहनेछौं।ु

चन्द, भीमप्रसाद र बालकृष्ण, रिग्जिन त्यस्ता केही नाम हुन्, जसले चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित एनएसबीको एउटा परियोजना डोल्पो इको–लजमार्फत आफ्नो व्यवसाय अगाडि बढाइरहेका छन्। यस परियोजना अन्तर्गत डोल्पोको जुफाल एयरपोर्टदेखि शे–फोक्सुन्डो लेकसम्मका ६ वटा लज स्तरोन्नति गरी पर्यटकका लागि आकर्षक होटलका रूपमा विकास गरिएको छ। डोल्पो समुदायको जीवनस्तर उकास्न र पर्यटन प्रवर्द्धन गर्न एनएसबीले सन् २०१६ मा यो परियोजना सुरू गरेको हो।

यस परियोजना कार्यान्वयनमा डोल्पाका समाजसेवी लक्ष्मीकान्त उपाध्यायको प्रोत्साहनलाई त्यहाँका होटल व्यवसायीहरू मुक्त कण्ठले प्रशंसा गर्छन्। उपाध्यायले स्थानीय होटल व्यवसायी र चौधरी फाउण्डेसनबीचको सहकार्य अगाडि बढाउन पुलको भूमिका निर्वाह गरेका थिए। यसका लागि उनी धेरै पटक डोल्पो–काठमाडौं ओहोरदोहोर समेत गरे।

डोल्पो नक्सा
कर्णाली प्रदेशको अतिविकट डोल्पा जिल्ला उच्च हिमाली क्षेत्र हो। प्राकृतिक सौन्दर्यको खानी मानिने डोल्पामा अवस्थित प्रसिद्ध शे–फोक्सुन्डो ताल पर्यटकका लागि सधैंको आकर्षण रहँदै आएको छ। अप्ठ्यारो भूभाग, सडक सञ्जालको कमीका कारण डोल्पा बाँकी नेपालसँग एक्लिएको जस्तै छ।

तर, पछिल्लो समय पर्यटनमा आएको उभारले डोल्पा आकर्षणको केन्द्रमा छ। अन्य पर्यटकीय क्षेत्रका जस्ता पूर्वाधार नभए पनि डोल्पाको सौन्दर्यले पर्यटकलाई तानिरहेको छ। उच्च हिमाली भूभाग, राज्यको न्यून प्राथमिकता जस्ता कारणले डोल्पाका जनता स्वावलम्बी र आत्मनिर्भर बन्दै गएका छन्। उनीहरूको यो अभियानमा एनएसबीले सघाउँदै आएको छ।

यो क्षेत्रमा पदयात्रा जाँदा विनोदले राम्रा होटल र आधारभूत पूर्वाधार अभावका कारण पर्यटन ओझेलमा परेको महसुस गरेका थिए। प्राकृतिक सौन्दर्य र अथाह सम्भावनाको धनी डोल्पो यस्ता समस्याले पछि पर्नु हुँदैन भन्ने निष्कर्षमा पुगे उनी। त्यसपछि उनले यो क्षेत्रमा केही गर्ने अठोट लिए। र, सुरू भयो एनएसबी अन्तर्गत डोल्पो इको–लजको अवधारणा।

यो परियोजनाअन्तर्गत जुफालदेखि शे–फोक्सुन्डो तालसम्मको क्षेत्रमा स्तरीय होटल र लज स्थापना गर्ने उद्देश्य हो। पहिलेदेखि चल्दै आएका होटलको स्तरोन्नति तथा नयाँ होटल स्थापनाका लागि आर्थिक र प्राविधिक सहयोग जुटाउने काम यो परियोजनाले गर्छ। समुदायमा आधारित आतिथ्य सत्कारसम्बन्धी प्रशिक्षणले उनीहरूलाई थप व्यावसायिक बनाउँदै लगेको छ।

यो परियोजनाका कार्यान्वयनमा विश्वव्यापी होटल सञ्जाल सञ्चाचालन गर्दै सिजी हस्पिटालिटीको समेत महत्वपूर्ण योगदान छ। यस अवधारणा अन्तर्गत स्थानीय लजको स्तरोन्नतिको डिजाइन सिजी हस्पिटालिटीले तयार गरिदिएको हो। साथै, डिजाइन अनुसार लज निर्माणका लागि र होटल व्यवस्थापनका समग्र पक्षमा पनि सिजी हास्पिटालिटीले तालिम दिएको थियो।

एनएसबी अन्तर्गत सञ्चालित परियोजनामध्ये डोल्पो इको -लज सफलतामध्ये एक अभियान हो। यसअन्तर्गत खुलेका र स्तरोन्नति भएका होटल सफासुग्घर छन्। आरामदायी बिस्तारा, अर्ग्यानिक खाना–नास्ता, नुहाउन तातो पानी आदि यी होटलका प्रमुख विशेषता हुन्। यो क्षेत्रको पदयात्रामा आउने पर्यटकले घरायसी आतिथ्य पाउँछन्।

कोरोना महामारीका कारण करिब एक वर्ष बन्द भए पनि आगामी समय त्यहाँका होटलका लागि पक्कै उल्लासमय हुनेछ,ु चौधरी फाउन्डेसनका अध्यक्ष विनोद भन्छन्, मलाई व्यक्तिगत रूपमा यो क्षेत्र असाध्यै मन पर्छ। पदयात्रामा जाँदा पाएको आतिथ्यले म हर्षविभोर भएको थिएँ। त्यसैले यो क्षेत्रमा केही गर्नुपर्छ भनेर डोल्पो इको–लज अवधारणा सुरू गरेका हौं। आशा छ, महामारीपछिको समय डोल्पा सबैको बकेट–लिस्टमा पर्नेछ।

नेपाल सोसल बिजनेस चौधरी फाउन्डेसनद्वारा सन् २०१४ मा स्थापित सामाजिक लगानीसम्बन्धी अभियान हो।





error: Content is protected !!