सेनेटरी प्याड देखि सुत्केरी भत्ता पाइएन

जाजरकोट –  अघिल्लो वर्ष सवै विद्यालयमा पुगिसक्नु पर्ने सेनेटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको खुलासा भएको छ ।

सदरमुकाम रहेको भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समय सम्म प्याड नपुग्दा छात्राहरु समस्यामा परेका छन् । संघीय सरकारको अनुदानमा सवै विद्यालयका छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस भनि अघिल्लो वर्ष स्थानीय तहलाइ रकम भुक्तानी गरिएको थियो ।

अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिले सम्म विद्यालयमा पठाउन नसकेको हो । माघ ८ गते बसेको प्रधानाध्यापकको वैठकमा सवै विद्यालयले प्याड लिन आग्रह गरेपनि अहिले सम्म विद्यालयमा नपुगेको नगरशिक्षा समितिले जानकारी दिएको छ ।

भेरी नगरपालिका भित्रका अधिकांश विद्यालयमा खानेपानी , शौचालय र बालमैत्री नहुँदा समस्य हुँदै आएको छ । आधारभुत तहका विद्यालयमा सेनेटरी प्याड दिने व्यवस्था रहेको छ । त्यस्तै भेरी नगरपालिकाले पाँच महिना भन्दा लामो समय देखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भएपनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुँनेले तत्काल यातायात खर्च बाफत रकम पाएपनि भेरी नगरपालिकाले पाँच महिना देखि भुक्तानी गरेको छैन । यत्ता भेरी नगरपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले खानाको लागि नदिएको भनि प्रतिक्रिया दिएका छन् । भत्ता नपाएका सुत्केरीले कहिले सुत्केरी भत्ता पाउछन् भन्ने जिज्ञासामा घर्तीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।





error: Content is protected !!