बहुविवाह गरेको भन्दै जेल चलान

जाजरकोट ः अदालतको फरार सूचीमा रहेकी छेडागाड नगरपालिका ३ घर भई सुर्खेत भेरी गंगा नगरपालिका १२ छिन्चुमा बस्दै आएकी अन्जना बुढालाई बहुविवाहको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
२०७३ सालमा जिल्ला अदालतको फैसला अनुसार एक वर्ष कैदका साथै २० हजार रुपैयाँ जरिवाना ताकिएकी अन्जनालाई छिन्चुबाट प्रहीले पक्राउ गरेको हो । छिन्चुबाट पक्राउ गरि अदालतमा उपस्थीत गराएर आज नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
हप्ता दिन भित्र दुइ जना फरार व्यक्तिहरु पक्राउ परेर जेल चलान भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










