यस्ता मानिस जो कहिल्यै धनी बन्न सक्दैनन्

काठमाडौँ– भनिन्छ कुनै पनि मानिस गरीब भएर जन्मनु उसको कमजोरी होईन तर गरीब नै भएर मर्नु चाहिँ उसको कमजोरी हो । त्यसो भए कसरी सफल बन्ने त ?

शास्त्रमा उल्लेख भएअनुसार तल उल्लेखित मानिसहरू जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् ।

सपना देख्ने क्षमता नभएका व्यक्तिः सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किन भने उनीहरूसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।आजैबाट एउटा सपना देखेर त्यसमा निरन्तर लागिरहनुहोस् ।

समयको महत्व नबुझ्ने मानिसः समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

कमाई अनुसार बचत नगर्ने मानिसः कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चय पनि बचत गर्नुपर्छ । यदि तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसः समाजमा केही गर्ने इच्छा शक्क्ति नभएका मानिसहरू पनि धनी बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छा शक्क्ति हुनु जरुरी हुन्छ ।

संकिर्ण सोचाई भएका मानिसहरुः सकिर्ण सोचाइँ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

भाग्यमा विश्वास गर्ने मानिसः भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।

ऋण लिने र अस्वस्थ्य व्यक्तिः ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

मनोबल कमजोर भएका व्यक्तिहरुः आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।

अरुलाई अपमान गर्ने व्यक्तिहरुः अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । किनकी धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।

स्त्रीलाई अपमान गर्ने मानिसः स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

लगनशील भएर कर्म नगर्ने मानिसः जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

कुलतमा फसेका व्यक्तिः कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।एजेन्सीको सहयोगमा





error: Content is protected !!