म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सैनिक शासकले पक्राउ गरेका छन् । नागरिक सरकार र सैन्य शासकहरुले कु गर्न सक्ने तनावकै बीच नेतृ सुकीलाई पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका छन् ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गरेको भएपनि सैन्य शासकहरुले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

सैन्य शासकले सरकार गठनलाई पछि सार्दै आएका थिए । सुकीको पार्टीले आजै सरकार गर्ने कार्यतालिका बनाइएको थियो । तर सैन्य शासकले सैना प्रयोग गरी नेतृ सुकीलाई पक्राउ गरेको छ ।





error: Content is protected !!