जीमेलमा यसरी गर्नुहोस् च्याट पीन

गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ साइडमा रहेको नेभिगेसन बारबाट चलाउन सकिन्छ ।

यसले गर्दा महत्वपूर्ण च्याटहरु खोज्न अत्यन्तै सजिलो हुन्छ । यसमा वान टू वान वा मल्टि यूजर च्याट दुवैलाई पीन गर्न मिल्छ । ठूलो च्याट रुमहरुलाई पनि पीन गर्न सकिन्छ ।

यसरी गर्नुहोस् जीमेलमा च्याट पीन

१- शुरूमा गूगल च्याट वा जीमेल साइन इन गर्ने
२- त्यसपछि च्याट वा रुमको कनभरसेसनमा पोइन्ट गर्ने
३- त्यसपछि तीन ओटा थोप्ला भएको र्भटिकल डटमा थिच्ने
४- त्यसपछि त्यहाँ च्याट पीन गर्ने एउटा अप्सन आउँछ । त्यही अप्सनलाई थिचेपछि च्याट पीन हुन्छ ।





error: Content is protected !!