बलिउड अभिनेत्री श्रद्धा ‘नेपाली’ बुहारी हुने

बलिउड अभिनेत्री श्रद्धा कपुरको विवाह हुने चर्चाले अहिले बलिउड गर्माएको छ । झन्, उनी नेपाली मूलका युवासँग विवाह गर्ने चर्चा चलेसँगै नेपालमा पनि यसको चर्चा चुलिएको छ । अहिले चलेका हल्लाहरुका अनुसार श्रद्धाले नेपाली मुलका सेलेब्रिटी रोहन श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् । रोहन बलिउडमा पछिल्लो समय चर्चामा आएका फोटोग्राफर हुन् ।

त्यसो त यी दुईको नाम जोडेर चलेको यो पहिलो हल्ला होइन । झन्, अहिले बलिउड अभिनेता वरुण धवनले विवाह गरेको मौका पारेर हुनुपर्छ, बलिउडका फलोअर्सहरुले यी दुईलाई निकै बधाई दिन थालेका छन् ।

रोहनले सामाजिक सन्जाल इन्स्टाग्राममा बरुण र नताशालाई बधाई दिँदै पोस्ट लेखेपछि उनको पोस्टमा कमेन्ट गर्नेहरुले पनि उनीहरुको विवाह भएको हेर्न आफूहरुले चाहेको बताएका हुन् । वरुण स्वयंले पनि रोहनको पोस्टमा कमेन्ट गरेका छन्– म आशा गर्छु कि तिमी पनि तयार छौ । भनेर लेखे ।

वरुणको यो कमेन्ट आएसँगै रोहन र श्रद्धाको विवाहले चर्चा पाउन थालेको हो । तर, यो चर्चा र सम्बन्धबारे अहिलेसम्म न रोहनले केही बताएका छन्, न श्रद्धाले नै ।

error: Content is protected !!