पहुँचको सहयोगबाट, जसले राती बत्ती बालेर नागरिकता पाए

जाजरकोट , १३ माघ ः नेपाली नागरिकता बनाउनका लागि सदरमुकाम जान र आउनका लागि आवश्यक रकम नहुँदा समस्या भोग्दै आएका छेडागाड नगरपालिकाका तीन जना शारीरिक अशंक्तले रात्ती बत्ती बालेर नागरिकता पाएका छन् । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रर्णालीबाट भुक्तानी हुँन थालेपछि समस्यामा परेका छेडागाड नगरपालिका –३ दशेराकी २५ बर्षिय पानसरा जैसी, २० बर्षिय बिरेन्द्र भट्टराई र १८ बर्षिय डिल्ली भट्टराइलाई राती बत्ती बालेर नागरिकता उपलव्ध गराएको हो ।
कार्यालय समय भन्दा पछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका तीन जना शारीरिक अशक्तलाई बत्ती बालेर भएपनि सेवा दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । आर्थिक अवस्था कम्जोर भएका कारण सदरमुकाम सम्म आउन र जान नसक्ने उनीहरुलाई पँहुच परियोजनाको आर्थिक सहयोग एवं समन्वयमा सदरमुकाम स्थित प्रशाषण कार्यालयबाट नागरिकता उपलव्ध गराएको हो ।
तीनै जना हात–खुट्टा नचल्ने, जीऊ लुलो भएका र बोल्न पनि नसक्ने बहुँअपाङ्गता सेवाग्राही भएका कारण सदरमुकाम ल्याउन र लिन मुस्किल हुँदै आएको थियो । अव नेपाली नागरिकता पाएसँगै बैंकमा खाता खोल्नका लागि बाटो खुलेको कौशिला चन्दले जानकारी दिनुभयो ।


खलंगामै बास बसेर भोलिपल्ट नेपाली नागरिकताको प्रमाण–पत्र लिन सक्ने अबस्था उनीहरुसंग थिएन । बहुँअपाङ्ग तीनै जना जीऊमै दिसा, पिसाब गर्ने भएको हुदा उनीहरुलाई खलंगमा बास पाउन सक्ने अबस्था थिएन । सेवाग्राहीको आर्थिक तथा शारीरिक अबस्थालाई बुझेपछि प्रमुख जिल्ला अधिकारी चेतराज बरालले फाँटमा कार्यरत कर्मचारीहरुलाई सेवा दिन निर्देशन गरेका थिए ।

तस्वीर सौजन्य ः डिजिटल सञ्चार





error: Content is protected !!