जुम्लाको पर्यटन,सस्कृति र इतिहास

के.वि.मसाल

नेपालको सबैभन्दा ठूलो प्रदेश हो कर्णाली । कर्णली प्रदेश भित्र पनि दुर्गम मानिने डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्ला जिल्लाहरु मध्य सुघम मानिने जिल्ला हो जुम्ला । आर्यहरुको भाषाको उदगम स्थल जुम्लाको सिजा । यो मात्रै होइन प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका हिसाबले जुम्ला धनी मानिन्छ । जुम्लामा कान्जिरोवा हिमाल, पातारासी हिमाल, वाक्की हिमाल, पंन्च देवल, तातोपानी, पाण्डुपगुफा, बिराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिरहरु ऐतिहासिक सम्पदा हुन ।

इतिहाँसमा जुम्लाको महत्वपुर्ण छुट्टै रहेको छ । जुम्ला नेपाल एकिकरण हुनु पूर्व वाइसी राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको थियो । जुम्ला नेपाली भाषा र सस्कृतिको उदगम स्थल पनि हो । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको थियो । प्राचिनकालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले जुम्लामा वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए । पौराणिक कालमा जुम्लाको सिजा राज्य ठूलो र शक्तिशाली थियो । मल्लकालिन शासनकालमा जुम्ला राज्य राजनैतिक सामाजिक, सास्कृतिक धार्मीक कला कौशल लगाएतका विभिन्न विधाको विकास भएको थियो । मल्लकालिन शासनकालमा शासन सञ्चालन गर्ने विधि मुख्यतः धार्मिक ग्रन्थनै थियो । विशेषत जुम्लामा हिन्दु र बौद्ध धर्मको प्रभाव थियो । त्यस बेलाका अधिकांश राजाहरु धर्म सस्कृति, चालचलन रितिथिति र धर्म गुरु विद्धानहरुको अत्यन्तै सम्मान,आदर कदर गर्ने गर्थे । सस्कृत भाषा अत्यन्तै बढी प्रचलनमा थियो । सस्कृत भाषाका विभिन्न विधाका विद्धानहरु थिए । जुम्लामा बेला बेलामा धामिर्क कार्यक्रम आयोजना गरी धर्म सस्कृतिको संरक्षण हुने गर्दथियो ।

सिंजा उपत्यकाको खस संस्कृतीको उदगमस्थान हो । ११ देखि १४ औं शताब्दी सम्म जुम्लाको सिंजा उपत्यककालाई खस राज्यको नामले चिनिने गर्दथियो । सिजा क्षेत्र नेपाली खस भाषाको उदगम स्थल पनि हो । पौराणिक कथा अनुसार यो भूमि देव भूमि मानिन्छ । सिजा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन । देउडा चाची ठाडीभाका झोडा मागल ढोली नाच ढाल नाच हुर्केनाच बालनाच जस्ता ऐतिहासक सस्कृित पनि सिजामा छ । सिजाका मानिसहरु अति मेहनती हुन्छन । सिजाका मानिस ब्यापारको सिलसिला नेपालका धेरै जिल्लाहरुमा घुमन्ते ब्यापारीको रुपमा ब्यापार गर्दछन । हिङ देखि सिलाजित र सियो देखि राडी पाखी, लिउ, गलैचाको ब्यापारीको रुपमा सिजाका मानिसलाई बाहिरी जिल्लाका मानिसहरुले चिन्ने गर्दछन । विराट दरवार अर्थात द्धापर युगको समयमा सिंजाको उत्तर पश्चिमको डाँडोमा विराट राजाको दरवार रहेको थियो ।

दरवारको दक्षिण पश्चिममा पाण्डवगुफा रहेको छ । पाण्डव कौरव युद्धको समयमा कौरव पक्षवाट लखेटिएका पाँच भाई पाण्डव सहित पत्नी द्रौपति समेत गुप्तवासको शिलसिलामा विराट राजाको दरवारमा एक वर्ष सम्म विभिन्न रुपधारण गरी वसेका थिए । पाण्डव र विराट राजाले प्रयोग गर्ने विभिन्न पुरातात्विक महत्वका सामाग्रीहरु आजभोली देख्न सकिन्छ ।
भौगोलीक हिसावले दुर्गम भएपनि प्राकृतिक सम्पदाको हिसावले जुम्लालाई धनि जिल्ला मानिन्छ । जुम्लाको उच्च लेकाली पहाडको १२ हजार फिट भन्दा माथि हिमपात हुने र तापक्रम अत्यन्त कम हुने भएकाले अग्ला जातका वनस्पतिहरु हुदैन । ती हिमपात भै रहने भूभागमा झाडी र बुटयान मात्र हुन्छन् । त्यस्ता हिमाली भूभागमा वर्षको एकपटक फुल्ने रंगीविरंगी फूलहरु मात्र देखिन्छन् । यसरी फुल्ने फुलमा धेरै जडीबुटीको फूल पनि हुने गर्दछ । जुम्ला जती विकट छ तर जुम्लामा स्वच्छ हावापानी र कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताले भरिपूर्ण छ ।

विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले जुम्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा कायम राखेको छ भने नेपालको स्याउ खेती उत्पादनको हिसाबले पहिलो स्थानमा पर्दछ । यो बाहेक स्थानीय सिमी, मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा, ओखर, खुर्पानी, आरु, आरुबखडा पनि जुम्लामा उत्पादन हुन्छ । तर पनि जुम्लाको कृषि प्रणाली निर्वाहमुखी मात्र छ । जुम्लाको नामाकरण पौराणिक घटना संग जोडिएको छ । खलगां बजारमा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिंगर नाग आएछन । नाग मूर्ती नजिक आउन नपाउदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइ दिनु भएछ । यसरी भष्म भएका ती नागहरु पछि जुम्ल्याहा पहाडको रुपमा देखिए छन । जुम्ल्याहा शब्दको अपभ्रंश हुदै ठाउको नाम पनि जुम्ला भएछ ।

जुम्ला जल सम्पदाको धनि जिल्ला पनि हो । जुम्लामा तीनवटा ठूला नदीहरुको सहायक खोलाहरु दर्जनौ छन । हिमा नदीको किनारको सिंजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाट वेशीहरु उर्बर खेतीयोग्य जमिन मानिन्छ । तिला, हिमा, जुवा नदीहरु र विष्णु ताल, हुडके ताल, जोगीनी ताल, शखदह, ठाकुरज्यू दह, गिडी दह लगायत जुम्लामा ताल र दहहरु छन । हिमा नदी कान्जिरोवा हिमालको फेदीबाट सुरु भइ समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने नदी हो । हिमा नदीले सिंजा क्षेत्रमा अधिकांश जमिन सिंचित गरेको छ । सिंचाई, खानेपानी मात्र होइन हिमा नदीबाट बिधुत पनि उत्पादन भएको छ । त्यसै गरी तिला नदी जुम्ला उपत्यकामा सिचाइ, घट्टहरु चलाउन र पिउने पानी समेत प्रयोग भएको छ । अर्को नदी हो जुवा नदी । जुम्लाको कान्जिरोवा हिमालवाट बग्दै छुमचौर, पातारासी, डिल्लीचौर, पटमारा हुदै दान सागु त्रिवेणीमा तीला नदीसंग मिसिएको छ । तिला र हिमा नदी नाग्मा मिसिन्छ र कर्णाली नदीको सेरीघाटमा मिसिन्छ ।

जुम्लाको लागि हवाई यातायात पुरानो भएपनि सडक यातायात भने नयाँ भएको छ । सुर्खेत जुम्लाको २३२ किमि को मोटर मार्गले जुम्ला जोडिएको छ । परमपरागत ब्यापारको सिलसिलामा सुर्खेत र दाङबाट घोडा एवं भेडाबाख्राबाट बोकाएर खाद्यान्नको प्रवन्ध गर्ने जुम्लाबासीहरुले अहिले यातायातका साधनबाट खाद्यान्न ढुवानी गर्न पाएका छन । जुम्ला हुँदै डोल्पा जोड्ने ४४ किलोमिटर सडक बहुवर्षिय योजनामा निर्माण हुदैछ । दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले डोल्पाको काइगाउँ सम्म सवारीसाधन चल्न थालेका छन् । यो सडक हुदै जुम्लाको पर्यटकीय क्षेत्र गुठिचौर,चोत्रा होमस्टे भएर डोल्पाको दुनै हुदै से फोक्सुण्डो यात्राको लागि पनि सहज हुने भएको छ । जाजरकोट जुम्ला र दैलेख जुम्ला जोडने सडकमार्ग पनि निर्माणाधिन छ । यी सडक मार्ग सम्पन्न भएपछि जुम्लाका बासिन्दाहरुलाई सहज हुने छ ।

जुम्लाको धार्मिक विश्वास र उपासनाका तरिकाहरु अन्यत्र भन्दा फरक छ । जुम्लामा देव देविहरुलाई बाह्र भाई मस्टो र नौ दुर्गा भवानीको रुपमा मान्ने धार्मिक परम्परा छ । मस्टोलाई नै यहा महत्वपूर्ण दैवीशक्तीको रुपमा मानिन्छ । धार्मीक परम्परा अनुसार जुम्लामा कुल पूजालाई महत्व दिईन्छ । पूर्णीमाहरुमा मस्टोहरुको पुजा आजा धुमधामका साथ गरिन्छ र यी चाडहरुमा धामी पतुर्ने, पैठ (मेला) लाग्दछ । यसका साथै कृष्णाअष्टमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । तीज, बडा दशै, चैते दशै, तिहार आदी चाडहरु पनि जुम्लामा विषेशरुपमा मान्ने प्रचलन छ । परम्परागत रुपमा मानाइदै आएको भैलो पाच दिन सम्म खेल्ने गरिन्छ । त्यसै गरी बडा दशैको घटस्थापनाको दिन जुम्लामा वस्ति वसाल्ने चन्दनाथ र भैरवनाथको मन्दिमा बाउन्न (५२) हातको लिंगोमा ध्वजा हाली खडा गर्ने दिन पनि धामिर्क दृष्टिले महत्वपूर्ण मानिन्छ ।

जुम्ला पुगेपछि चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, दरवार मालिका मन्दिर, कनकासुन्दरी मन्दिर, चिमरा मालिका भगवती मन्दिर, शिव मन्दिर, ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज, सिंजाक्षेत्र, विराट दरबार, तातोपानी, गोठिचौर, बागबानि स्याउ एवं तरकारी फार्म, कर्णाली प्राबिधिक शिक्षालय, हुडके दह र पाण्डव गुफा जस्ता सम्पदामा पुग्न सके राम्रो हुन्छ । चन्दननाथ मन्दिर जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडी रहेको छ । बर्मा विष्णु र शिव स्वरुपधारी दत्रात्रेयको चरण पादुका र चाँदीको त्रिमुखी मुर्ति भएको चन्दननाथ बाबाको मन्दिर प्रसिद्ध मानिन्छ । चन्दननाथ बाबाको मन्दिर परिसरमा प्रत्येक वर्षको घटस्थापनाका दिनमा बाउन्न हाते लिङगो खडा गरिन्छ । गुरु दत्रात्रेय र भैरवको स्थापना सत्य युग देखि नै भएको मानिन्छ । स्थानीय भौगोलिकता ऐतिहासिक मान्यतालाई आधार मान्दा चन्दननाथ बाबाद्वारा छिनासिम भित्र डुबेर रहेको दत्रा पादुका पहिचान, नित्य पुजाको व्यवस्थापन र जुम्लामा धान खेतीको प्रचलन विक्रमको चौधौ देखि पन्ध्रौं शताब्दीको बिचमा भएको अनुमान गरिएको छ ।

जुम्लाको कनकासुन्दरी मन्दिर धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रख्यात रहेका छ । विगत चौबिसे राज्यसमयमा उक्त मन्दिरमा ४ वटा ढुङगामा कुदिएको शिवबाघ आकाशवाट सिधै खसी आएको मानिन्छ । मन्दिरको मुर्ति ढुङगामा कुदिएका छन । जुम्लाको मुख्य बजार सदरमुकाम खलगा हो भने तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, र मणिसांघु पनि बजार उन्मुख हुदै गएका छन । नराकोट सिँजा क्षेत्रको केन्द्र विन्दुमा पर्दछ । नराकोट पर्यटकहरुका लागि रमणीयस्थल मानिन्छ । कनकासुन्दरी क्षेत्रलाई हाटसिँजा भनिन्छ । चौविसे राज्यकालमा मुगुवाट भोटेहरुले लिउपाखी भेडा च्याङ्गा ल्याई व्यापार व्यवसाय गर्ने हुनाले उक्त क्षेत्रलाई हाटसिँजाको नामले चिनिन्छ ।उर्थुचौराता चौधविस दराको पटमारामा चौराह परेको स्थानलाई उर्थु चौतारा भनिन्छ । उर्थुचौतारा पटमाराको व्यापार व्यवसाय गर्ने बजारको रुपमा चिनिन्छ । ६ भाई आरसिन चौधाविस पटमारा उर्थु रिनी वाता घोडासिन वस्ती रहेका छन् ।

चिमारामालिका जुम्ला जिल्लाको गज्याँकोट र डिल्लीचौरको सिमा क्षेत्रमा पर्दछ । चिमारामालिका भगवतीको मन्दिर ढुङगैढुङगा द्धारा निर्मित छ । चिराममालिका धार्मिक पर्यटकिय दृष्टिकोणले रमणीय छ । धार्मिक र पर्यटकीय महत्व बोकेको ऐतिहासिक क्षेत्र जुन तिला र जुवा नदीको बिचमा चुलिएको छ । जँहाबाट जुम्लामात्र होइन अन्य जिल्लाका भूगोल समेत दृश्यावलोकन गर्न सकिन्छ । गोठीचौर रमणीय एवं पर्यटकिय हिसावले प्रख्यात छ । गुठीचौरमा ठुलाठुला चरनका फाटहरु र गोठालाहरुले गोठ वनाई गाईबस्तु पाल्ने हुँदा त्यस क्षेत्रको नाम गोठीचौर रहन गएको हो ।

गोठीचौरमा २०२८ सालमा भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना गरी उन्नत जातका भेडाहरु न्यूजील्याण्डवाट ल्याएर भेडा फार्मको बिकास भएको छ । चोत्रा खोला र नालापानी खोला मिसिएको स्थान मणिसाँगु हो । मणिसाँगु वरपर गडिगाउँ, डिल्लीकोट,चोत्रगाउँ, मणिगाउँ लगायतका गाउँहरु पर्दछन् । ती गाउँहरु पर्यटकिय हिसावले महत्वपूर्ण मानिन्छ । डिल्लीचौरमा ठूला फाँट र खेती योग्य जमिन रहेको छ । डिल्लीचौर क्षेत्रमा तिर्खु गाउँ, डोल्फानी, लाग्री गाउँ, लुम गाउँ, र लोर्पा गाउँहरु पर्दछन् ।

जुम्ला सदरमुकाम खंलगाको बजार अवलोकन गर्न शान्ति स्तुप गुम्बामा पुग्ने हो भने सबै बजार हेर्न सकिन्छ । झण्डै ७२ फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुप निमार्ण भए पछि आज भोली जुम्ला जाने प्राय सबै जना शान्ति स्तुप पुग्ने गर्दछन् । आज भोली शान्ति स्तुप पर्यटनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेका पर्यटकका लागि यो स्तुप रोजाई बन्न थालेको छ ।

नेपालको सबैभन्दा ठूलो प्रदेश हो कर्णाली । कर्णली प्रदेश भित्र पनि दुर्गम मानिने डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्ला जिल्लाहरु मध्य सुघम मानिने जिल्ला हो जुम्ला । आर्यहरुको भाषाको उदगम स्थल जुम्लाको सिजा । यो मात्रै होइन प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका हिसाबले जुम्ला धनी मानिन्छ । जुम्लामा कान्जिरोवा हिमाल, पातारासी हिमाल, वाक्की हिमाल, पंन्च देवल, तातोपानी, पाण्डुपगुफा, बिराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिरहरु ऐतिहासिक सम्पदा हुन ।
इतिहाँसमा जुम्लाको महत्वपुर्ण छुट्टै रहेको छ । जुम्ला नेपाल एकिकरण हुनु पूर्व वाइसी राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको थियो । जुम्ला नेपाली भाषा र सस्कृतिको उदगम स्थल पनि हो । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको थियो । प्राचिनकालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले जुम्लामा वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए । पौराणिक कालमा जुम्लाको सिजा राज्य ठूलो र शक्तिशाली थियो । मल्लकालिन शासनकालमा जुम्ला राज्य राजनैतिक सामाजिक, सास्कृतिक धार्मीक कला कौशल लगाएतका विभिन्न विधाको विकास भएको थियो । मल्लकालिन शासनकालमा शासन सञ्चालन गर्ने विधि मुख्यतः धार्मिक ग्रन्थनै थियो । विशेषत जुम्लामा हिन्दु र बौद्ध धर्मको प्रभाव थियो । त्यस बेलाका अधिकांश राजाहरु धर्म सस्कृति, चालचलन रितिथिति र धर्म गुरु विद्धानहरुको अत्यन्तै सम्मान,आदर कदर गर्ने गर्थे । सस्कृत भाषा अत्यन्तै बढी प्रचलनमा थियो । सस्कृत भाषाका विभिन्न विधाका विद्धानहरु थिए । जुम्लामा बेला बेलामा धामिर्क कार्यक्रम आयोजना गरी धर्म सस्कृतिको संरक्षण हुने गर्दथियो ।
सिंजा उपत्यकाको खस संस्कृतीको उदगमस्थान हो । ११ देखि १४ औं शताब्दी सम्म जुम्लाको सिंजा उपत्यककालाई खस राज्यको नामले चिनिने गर्दथियो । सिजा क्षेत्र नेपाली खस भाषाको उदगम स्थल पनि हो । पौराणिक कथा अनुसार यो भूमि देव भूमि मानिन्छ । सिजा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन । देउडा चाची ठाडीभाका झोडा मागल ढोली नाच ढाल नाच हुर्केनाच बालनाच जस्ता ऐतिहासक सस्कृित पनि सिजामा छ । सिजाका मानिसहरु अति मेहनती हुन्छन । सिजाका मानिस ब्यापारको सिलसिला नेपालका धेरै जिल्लाहरुमा घुमन्ते ब्यापारीको रुपमा ब्यापार गर्दछन । हिङ देखि सिलाजित र सियो देखि राडी पाखी, लिउ, गलैचाको ब्यापारीको रुपमा सिजाका मानिसलाई बाहिरी जिल्लाका मानिसहरुले चिन्ने गर्दछन । विराट दरवार अर्थात द्धापर युगको समयमा सिंजाको उत्तर पश्चिमको डाँडोमा विराट राजाको दरवार रहेको थियो । दरवारको दक्षिण पश्चिममा पाण्डवगुफा रहेको छ । पाण्डव कौरव युद्धको समयमा कौरव पक्षवाट लखेटिएका पाँच भाई पाण्डव सहित पत्नी द्रौपति समेत गुप्तवासको शिलसिलामा विराट राजाको दरवारमा एक वर्ष सम्म विभिन्न रुपधारण गरी वसेका थिए । पाण्डव र विराट राजाले प्रयोग गर्ने विभिन्न पुरातात्विक महत्वका सामाग्रीहरु आजभोली देख्न सकिन्छ ।
भौगोलीक हिसावले दुर्गम भएपनि प्राकृतिक सम्पदाको हिसावले जुम्लालाई धनि जिल्ला मानिन्छ । जुम्लाको उच्च लेकाली पहाडको १२ हजार फिट भन्दा माथि हिमपात हुने र तापक्रम अत्यन्त कम हुने भएकाले अग्ला जातका वनस्पतिहरु हुदैन । ती हिमपात भै रहने भूभागमा झाडी र बुटयान मात्र हुन्छन् । त्यस्ता हिमाली भूभागमा वर्षको एकपटक फुल्ने रंगीविरंगी फूलहरु मात्र देखिन्छन् । यसरी फुल्ने फुलमा धेरै जडीबुटीको फूल पनि हुने गर्दछ । जुम्ला जती विकट छ तर जुम्लामा स्वच्छ हावापानी र कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताले भरिपूर्ण छ । विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले जुम्लाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा कायम राखेको छ भने नेपालको स्याउ खेती उत्पादनको हिसाबले पहिलो स्थानमा पर्दछ । यो बाहेक स्थानीय सिमी, मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा, ओखर, खुर्पानी, आरु, आरुबखडा पनि जुम्लामा उत्पादन हुन्छ । तर पनि जुम्लाको कृषि प्रणाली निर्वाहमुखी मात्र छ । जुम्लाको नामाकरण पौराणिक घटना संग जोडिएको छ । खलगां बजारमा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिंगर नाग आएछन । नाग मूर्ती नजिक आउन नपाउदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइ दिनु भएछ । यसरी भष्म भएका ती नागहरु पछि जुम्ल्याहा पहाडको रुपमा देखिए छन । जुम्ल्याहा शब्दको अपभ्रंश हुदै ठाउको नाम पनि जुम्ला भएछ ।
जुम्ला जल सम्पदाको धनि जिल्ला पनि हो । जुम्लामा तीनवटा ठूला नदीहरुको सहायक खोलाहरु दर्जनौ छन । हिमा नदीको किनारको सिंजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाट वेशीहरु उर्बर खेतीयोग्य जमिन मानिन्छ । तिला, हिमा, जुवा नदीहरु र विष्णु ताल, हुडके ताल, जोगीनी ताल, शखदह, ठाकुरज्यू दह, गिडी दह लगायत जुम्लामा ताल र दहहरु छन । हिमा नदी कान्जिरोवा हिमालको फेदीबाट सुरु भइ समग्र सिंजा क्षेत्र हुँदै दक्षिणतिर बग्ने नदी हो । हिमा नदीले सिंजा क्षेत्रमा अधिकांश जमिन सिंचित गरेको छ । सिंचाई, खानेपानी मात्र होइन हिमा नदीबाट बिधुत पनि उत्पादन भएको छ । त्यसै गरी तिला नदी जुम्ला उपत्यकामा सिचाइ, घट्टहरु चलाउन र पिउने पानी समेत प्रयोग भएको छ । अर्को नदी हो जुवा नदी । जुम्लाको कान्जिरोवा हिमालवाट बग्दै छुमचौर, पातारासी, डिल्लीचौर, पटमारा हुदै दान सागु त्रिवेणीमा तीला नदीसंग मिसिएको छ । तिला र हिमा नदी नाग्मा मिसिन्छ र कर्णाली नदीको सेरीघाटमा मिसिन्छ ।
जुम्लाको लागि हवाई यातायात पुरानो भएपनि सडक यातायात भने नयाँ भएको छ । सुर्खेत जुम्लाको २३२ किमि को मोटर मार्गले जुम्ला जोडिएको छ । परमपरागत ब्यापारको सिलसिलामा सुर्खेत र दाङबाट घोडा एवं भेडाबाख्राबाट बोकाएर खाद्यान्नको प्रवन्ध गर्ने जुम्लाबासीहरुले अहिले यातायातका साधनबाट खाद्यान्न ढुवानी गर्न पाएका छन । जुम्ला हुँदै डोल्पा जोड्ने ४४ किलोमिटर सडक बहुवर्षिय योजनामा निर्माण हुदैछ । दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले डोल्पाको काइगाउँ सम्म सवारीसाधन चल्न थालेका छन् । यो सडक हुदै जुम्लाको पर्यटकीय क्षेत्र गुठिचौर,चोत्रा होमस्टे भएर डोल्पाको दुनै हुदै से फोक्सुण्डो यात्राको लागि पनि सहज हुने भएको छ । जाजरकोट जुम्ला र दैलेख जुम्ला जोडने सडकमार्ग पनि निर्माणाधिन छ । यी सडक मार्ग सम्पन्न भएपछि जुम्लाका बासिन्दाहरुलाई सहज हुने छ ।
जुम्लाको धार्मिक विश्वास र उपासनाका तरिकाहरु अन्यत्र भन्दा फरक छ । जुम्लामा देव देविहरुलाई बाह्र भाई मस्टो र नौ दुर्गा भवानीको रुपमा मान्ने धार्मिक परम्परा छ । मस्टोलाई नै यहा महत्वपूर्ण दैवीशक्तीको रुपमा मानिन्छ । धार्मीक परम्परा अनुसार जुम्लामा कुल पूजालाई महत्व दिईन्छ । पूर्णीमाहरुमा मस्टोहरुको पुजा आजा धुमधामका साथ गरिन्छ र यी चाडहरुमा धामी पतुर्ने, पैठ (मेला) लाग्दछ । यसका साथै कृष्णाअष्टमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । तीज, बडा दशै, चैते दशै, तिहार आदी चाडहरु पनि जुम्लामा विषेशरुपमा मान्ने प्रचलन छ । परम्परागत रुपमा मानाइदै आएको भैलो पाच दिन सम्म खेल्ने गरिन्छ । त्यसै गरी बडा दशैको घटस्थापनाको दिन जुम्लामा वस्ति वसाल्ने चन्दनाथ र भैरवनाथको मन्दिमा बाउन्न (५२) हातको लिंगोमा ध्वजा हाली खडा गर्ने दिन पनि धामिर्क दृष्टिले महत्वपूर्ण मानिन्छ ।
जुम्ला पुगेपछि चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, दरवार मालिका मन्दिर, कनकासुन्दरी मन्दिर, चिमरा मालिका भगवती मन्दिर, शिव मन्दिर, ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज, सिंजाक्षेत्र, विराट दरबार, तातोपानी, गोठिचौर, बागबानि स्याउ एवं तरकारी फार्म, कर्णाली प्राबिधिक शिक्षालय, हुडके दह र पाण्डव गुफा जस्ता सम्पदामा पुग्न सके राम्रो हुन्छ । चन्दननाथ मन्दिर जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडी रहेको छ । बर्मा विष्णु र शिव स्वरुपधारी दत्रात्रेयको चरण पादुका र चाँदीको त्रिमुखी मुर्ति भएको चन्दननाथ बाबाको मन्दिर प्रसिद्ध मानिन्छ । चन्दननाथ बाबाको मन्दिर परिसरमा प्रत्येक वर्षको घटस्थापनाका दिनमा बाउन्न हाते लिङगो खडा गरिन्छ । गुरु दत्रात्रेय र भैरवको स्थापना सत्य युग देखि नै भएको मानिन्छ । स्थानीय भौगोलिकता ऐतिहासिक मान्यतालाई आधार मान्दा चन्दननाथ बाबाद्वारा छिनासिम भित्र डुबेर रहेको दत्रा पादुका पहिचान, नित्य पुजाको व्यवस्थापन र जुम्लामा धान खेतीको प्रचलन विक्रमको चौधौ देखि पन्ध्रौं शताब्दीको बिचमा भएको अनुमान गरिएको छ ।
जुम्लाको कनकासुन्दरी मन्दिर धार्मिक तथा पर्यटकिय स्थलको रुपमा प्रख्यात रहेका छ । विगत चौबिसे राज्यसमयमा उक्त मन्दिरमा ४ वटा ढुङगामा कुदिएको शिवबाघ आकाशवाट सिधै खसी आएको मानिन्छ । मन्दिरको मुर्ति ढुङगामा कुदिएका छन । जुम्लाको मुख्य बजार सदरमुकाम खलगा हो भने तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, र मणिसांघु पनि बजार उन्मुख हुदै गएका छन । नराकोट सिँजा क्षेत्रको केन्द्र विन्दुमा पर्दछ । नराकोट पर्यटकहरुका लागि रमणीयस्थल मानिन्छ । कनकासुन्दरी क्षेत्रलाई हाटसिँजा भनिन्छ । चौविसे राज्यकालमा मुगुवाट भोटेहरुले लिउपाखी भेडा च्याङ्गा ल्याई व्यापार व्यवसाय गर्ने हुनाले उक्त क्षेत्रलाई हाटसिँजाको नामले चिनिन्छ ।उर्थुचौराता चौधविस दराको पटमारामा चौराह परेको स्थानलाई उर्थु चौतारा भनिन्छ । उर्थुचौतारा पटमाराको व्यापार व्यवसाय गर्ने बजारको रुपमा चिनिन्छ । ६ भाई आरसिन चौधाविस पटमारा उर्थु रिनी वाता घोडासिन वस्ती रहेका छन् ।
चिमारामालिका जुम्ला जिल्लाको गज्याँकोट र डिल्लीचौरको सिमा क्षेत्रमा पर्दछ । चिमारामालिका भगवतीको मन्दिर ढुङगैढुङगा द्धारा निर्मित छ । चिराममालिका धार्मिक पर्यटकिय दृष्टिकोणले रमणीय छ । धार्मिक र पर्यटकीय महत्व बोकेको ऐतिहासिक क्षेत्र जुन तिला र जुवा नदीको बिचमा चुलिएको छ । जँहाबाट जुम्लामात्र होइन अन्य जिल्लाका भूगोल समेत दृश्यावलोकन गर्न सकिन्छ । गोठीचौर रमणीय एवं पर्यटकिय हिसावले प्रख्यात छ । गुठीचौरमा ठुलाठुला चरनका फाटहरु र गोठालाहरुले गोठ वनाई गाईबस्तु पाल्ने हुँदा त्यस क्षेत्रको नाम गोठीचौर रहन गएको हो । गोठीचौरमा २०२८ सालमा भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना गरी उन्नत जातका भेडाहरु न्यूजील्याण्डवाट ल्याएर भेडा फार्मको बिकास भएको छ । चोत्रा खोला र नालापानी खोला मिसिएको स्थान मणिसाँगु हो । मणिसाँगु वरपर गडिगाउँ, डिल्लीकोट,चोत्रगाउँ, मणिगाउँ लगायतका गाउँहरु पर्दछन् । ती गाउँहरु पर्यटकिय हिसावले महत्वपूर्ण मानिन्छ । डिल्लीचौरमा ठूला फाँट र खेती योग्य जमिन रहेको छ । डिल्लीचौर क्षेत्रमा तिर्खु गाउँ, डोल्फानी, लाग्री गाउँ, लुम गाउँ, र लोर्पा गाउँहरु पर्दछन् ।
जुम्ला सदरमुकाम खंलगाको बजार अवलोकन गर्न शान्ति स्तुप गुम्बामा पुग्ने हो भने सबै बजार हेर्न सकिन्छ । झण्डै ७२ फिट अग्लो र ३२ फिट चौडाई रहेको शान्ति स्तुप निमार्ण भए पछि आज भोली जुम्ला जाने प्राय सबै जना शान्ति स्तुप पुग्ने गर्दछन् । आज भोली शान्ति स्तुप पर्यटनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेका पर्यटकका लागि यो स्तुप रोजाई बन्न थालेको छ ।





error: Content is protected !!