प्रचण्ड- नेपाल समूह र ओली समुहबिच झडप

हुम्ला- अदानचुली गाउँपालिका वडा नम्बर – १ श्रीनगरको थलहाल्न मोडदेखि कल्ख्या सम्मको सडक निर्माण गरिरहेका बेला प्रचण्ड नेपाल समूह र ओेली समूह बिच झडप भएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको अदानचुली गाउँपालिकाको थल्हाल्नमा सडकको विवादमा प्रचण्ड- नेपाल समूह र ओली समूह बिच झडप भएको हो ।

गाउँका स्थानीय मिलेर छिना हतौडा लिएर काम गरिरहेको बेला ओली समुहले आएर धम्की दिएपछि झडप भएको नेकपा जिल्ला कमिटि सचिवालय सदस्य दलु फडेराले जानकारी दिए ।

गाउले मिलेर श्रम गरिरहेको बेला गाउँपालिका साढे १२ बजेतिर गाउँपालिका अध्यक्ष दल फडेराकोे नेतृत्वको टोलीले कस्ले आदेश दियो कस्ले बजेट दिन्छ भनपछि झडप भएको बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको वडा नम्बर १ सदस्यको खातमा ९ महिना पहिले  ७ लाख ८० हजार रहेको छ । प्रती व्यति २० दिन काम गरेको पाउनु पर्न हो सचिवालय सदस्य फडेराको भनाई छ ।
यता ओली समुहका अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराका अनुसार वडा कमिटिका संगठन विस्तार गर्न गएका थियौ प्रचण्ड – नेपाल समुहको पहिले विरोध सभा भएको थियो हामीले वडा कमिटि गठन गर्न गरेका हौ फडेराले भने ।

गाउँपालिका कुनै जानकारी नगरि आफै मनमनी सडक निर्माण गरेको आफ्नो अनुकुलमा बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष फडेराको आरोप छ ।
गाउँपालिकाको प्रकिया हुनु पर्न बजेट दिन पनि समस्या हुने फडेराको भनाई छ । गाउँपालिका सर्भे अनुसार बाटो निर्माण गर्नु पर्न भनेका हु यसै विषयमा विवाद हुदा प्रचण्ड-  नेपाल समूह र ओेली समूह बिच झडप हुदा ओेली निकटका वडाध्यक्ष रगे थापा घाईते भएका छन । दुवै पक्षबिच झडप हुदा दुवै पक्षमा सामान्य घाइते भएका छन ।





error: Content is protected !!