प्रधानमन्त्रीलाई बालुवाटारमा स्पष्टीकरण सोधिएको पत्र लिन नदिएपछि गेटमै निवेदन दर्ता

काठमाडौं ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (दाहाल,नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा दर्ता गरेको छ । दाहाल , नेपाल समूहले आज (सोमबार)  बालुवाटार पुगेर पत्र दर्ता गरेको सो समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘उहाँले (ओली) पार्टीको निर्णय नमान्‍ने, असंवैधानिक कदम चाल्नेतर्फ लागेपछि केन्द्रीय समितिको बैठकले अध्यक्षबाट हटाइसकेको छ,’ उनले भने, ‘अझै पनि उहाँले पार्टीको नीतिविपरीत अनुशासन मिच्‍ने काम जारी राखेकोले सच्चिनको लागि पुनस् पत्र बुझाएर दर्ता गरेर आएका हौँ ।’

उनले अझै पनि नसच्चिने हो भने ओलीलाई नेकपाको साधारण सदस्यबाट पनि हटाउने तयारी भएको बताए । दाहाल(नेपाल समूहको स्पष्टीकरण पत्र लिएर पाण्डेसहित मुकुन्द न्यौपाने, श्रीराम ढकाल पुगेका थिए । ‘प्रधानमन्त्रीको फोन लागेन हामी गेटमै पत्र दर्ता गरेर फर्कियौँ,’ पाण्डेले भने, ‘पत्र बुझाउँदा सम्बन्धित व्यत्तिलाई नै भेट्नुपर्छ भन्‍ने पनि छैन नि ।’

बालुवाटार स्रोतका अनुसार उनीहरुलाई बालुवाटार गेटबाट भित्र जान नदिएपछि गेटमै निवेदन दर्ता गराइएको हो। ‘पत्र लिएर आएकाहरूको नाम लिस्ट हेरेपछि प्रधानमन्त्रीले उनीहरूलाई भित्र नल्याउन निर्देशन दिनुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘सोही अनुसार उहाँहरूले गेटमै पत्र दर्ता गर्नुभयो ।’





error: Content is protected !!