बारेकोटमा भीरबाट लडेर जनाको मृत्यु

लोकेन्द्र विश्वकर्मा
जाजरकोट ः जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ घर्तिगाउँका ४७ बर्षीय भक्तबहादुर महतारा रहेको वडाध्यक्ष तिले महताराले जानकारी दिए ।
अध्यक्ष महताराका अनुसार, आइतबार बेलुकीपख स्थानीय भेरालाग्नबाट घाँस ल्याएर आउने क्रममा लडेर मृत्यु भएको हो । मृतक भक्तबहादुरको आजनै अन्त्येष्टि गरिने भएको छ । मृतक महताराका स(साना बालबालिका रहेका छन ।



