निकुन्जको एक्सनले तस्करको कार्य ठहरै ः दैनिक हतियार सहित तस्कर शे फोक्सुण्डो निकुन्जको कव्जामा ? ?

डोल्पा ः तस्कारको जालोबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले उन्मुक्ती पाउन थालेको छ । दैनिक जीवनको प्रवाह नगरि हिमपात छिचोल्दै निकुन्जको सुरक्षार्थ खटिने रक्षकको टोलीले तस्करलाई ठाउँका , ठाउँ कव्जामा लिन थालेपछि निकुन्ज जोगिन थालेको छ ।
दुइ महीना यता भारी हतियार ,दर्जन मानिसहरु पक्राउ परिसकेका छन् । आज मात्र आखेटोपहार र भरुवा बन्दुक सहित पाँच जना पक्राउ परेको निकुन्जले जानकारी दिएको छ ।
चोरी शिकारी नियन्त्रण इकाईले त्रिपुरासुन्दरी नगरपालिका – ११ स्थित पहाडाबाट पाँच जनालाई पक्राउ गरि निकुञ्ज कार्यालय सुलिगार्डमा ल्याएको हो ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी नगरपालिका मन बहादुर बुढा,चन्द्र प्रसाद बुढा,वडा नं ७ बस्ने गोकर्ण बुढा,चन्द्र केसी र सुर्य बहादुर बुढा रहेका छन् ।
उनिहरुबाट दुई थान भरुवा बन्दुक,५० थान गोली,दुई डिब्बा बारुद,बारुद भरिएको वन्यजन्तुको जस्तो देखिने दुई वटा सिँङ्,कस्तुरीको दारा जस्तै देखिने छ वटा,बन्दुकको केपको बट्टा,संरक्षित वन्यजन्तु कस्तुरीको जस्तो देखिने दुई वटा खुट्टा ,पासोमा प्रयोग गरिने १४ थान तार लगायतका सामग्रीहरु बरामत गरिएको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको बताएको छ । निकुञ्जले यसभन्दा अगाडि पनि ३६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल,ईन्सास राईफलका गोलीहरु पनि बरामद गरको थियो ।



