शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको एक्सन ः चोरी ,निकासीबाजहरु धमाधम पक्राउ

डोल्पाको शे फोक्सुण्डो निकुन्जमा चोरी , निकासी गर्ने व्यक्तिहरु धमाधम पक्राउ पर्ने क्रम बढेको छ । केही महीना अघि मात्र    ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, ईन्सास राईफलका गोलीहरु फेला फेला परेका थिए । भारी हतियार फेला परेको छोटो समयमै फेरी बन्दुक सहित एक जना तस्कर पक्राउ परेका छन् । संरक्षित क्षेत्र भित्र प्रवेश गरि चोरी ,निकासी तथा पैठारी गर्न पुगेका तस्करहरु पक्राउ पर्ने क्रम जारी रहेको छ ।

चोरी शिकारी नियन्त्रण इकाईले निकुञ्जको निगालगैरा स्थित वन क्षेत्रबाट पुस २७ गते राति त्रिपुरासुन्दरी नगरपालिका ६ का लक्ष्मीचन्द्र शाहीलाई  पक्राउ गरेको निकुन्जका प्रमुख सरोजमणी पौडेलले नेपालपोष्टलाई जानकारी दिनुभयो ।

पक्राउ परेको शाहीसँग एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा),१९ वटा गोली,बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामत गरिएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

 





error: Content is protected !!