बारामा सेनाको निःशुल्क स्वास्थ्य शिविर

बारा ः नेपाली सेनाले बाराको करैयामाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाले चन्दननाथ गण र श्री नं २८ फिए का स्वास्थ्यकर्मीको सहयोगमा करैयामाई गाउँपालीका–७ स्थित जनाता मा वि मा आईतबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य शिविरमा नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरीएको थियो । शिविरबाट चारसय भन्दा बढि सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

शिविर “दुःखको बेला नेपाली सेना, जनतासँग” भन्ने सेनाको मर्म अनुसार सेनाले कोभिड –१९ र आर्थिक विपन्नताको कारण उपचारबाट बञ्चित सर्वसाधारणको उपचार गरेको श्री चन्दननाथ गणका गणपति प्र से श्याम शरण गोतामेले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालय प्रदेश २, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, श्री चन्नदनाथ गण र श्री नं २८ फि।ए। गुल्मको विशेष सहयोगमा सम्पन्न भएको शिविरमा स्थानिय महिलाहरुको उल्लेखिय सहभागिता थियो । शिविरमा महिलासम्बन्धि समस्या, स्वास प्रस्वास, पेट, हाडजोर्नि, एलर्जी सम्बन्धि समस्याबाट पिडितहरुको बढिमात्रामा सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

श्री चन्दननाथ गण, बाराले सहजिकरण गरेको शिविरमा सामान्य स्वास्थ्य परिक्षण,दन्त सेवा, ईसी आँखा परिक्षण लगायत सेवा प्रदान गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति जोनसन खड्का, चन्दननाथ गणका गणपति श्याम शरण गोतामे लगायत स्थानिय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।





error: Content is protected !!