कंगोमा विद्रोहीको आक्रमणबाट ६ रेन्जरको मृत्यु

काठमाडौं –  मध्य अफ्रिकामा रहेको कंगोको एक राष्ट्रिय निकुञ्जमा बन्दुकधारीको आक्रमणबाट ६ जना रेन्जरको मृत्यु भएको छ ।

पूर्वी कंगोको विश्व सम्पदामा सूचिकृत विरुंगा राष्ट्रिय निुकञ्जको सुरक्षामा खटिएका रेञ्जरहरुमाथि बन्दुकधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनाको कुनै समूहले जिम्मा नलिएपनि घटनामा सरकारी अधिकारीहरुले भने माईमाई लडाकू समुहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

सरकारी अधिकारीहरुले विद्रोहीको आक्रमणबाट वन रक्षकहरुको मृत्यु भएको पुष्टि गर्दै दोषीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

करिब ८ सय वर्गकिलोमिटर क्षेत्रफरलमा फैलिएको निकुञ्ज संसारमै लोप हुन लागेको पहाडी गोरिल्लाको बासस्थान हो ।

सन् १९२५ मा स्थापना भएको सो निकुञ्ज कंगोको राजनीतिक अस्थिरताको शिकार बन्दै आएको छ ।

करिब ७ सय जना कार्यरत रहेको सो निकुञ्जले गत वर्षमात्र आक्रमणमा परेका २ सय भन्दा बढीलाई क्षतिपूर्ति दिएको थियो ।

गत वर्षको अप्रिलमा पनि सोही निकुञ्जमा विद्रोहीको आक्रमणबाट १२ जना रेन्जरको मृत्यु भएको थियो । एजेन्सी





error: Content is protected !!