पाँच वर्षदेखि बेपत्ता इटालियन महिलालाई माफियाले मारेर सुँगुरलाई खुवाएको खुलासा

इटालीकी एक महिलाको माफियाले हत्या गरी सुँगुरलाई खुवाएको घटना बाहिरिएको छ।

कालाब्रिया क्षेत्रकी ४२ वर्षीया व्यापारी मारिया चिन्डामो २०१६ को मे देखि बेपत्ता थिइन्।

बुधबार माफिया समूहका एक जना पूर्व सदस्यले मारियाको हत्या गरी सुँगुरलाई खुवाएको इटालीको एक स्थानीय समाचारपत्रलाई बताएपछि उनको हत्याको रहस्य खुलेको हो।

मारियाले माफियासँग सम्बन्ध रहेका छिमेकीलाई आफ्नो जग्गा दिन मानेकी थिइनन्। तिनै छिमेकीले माफियालाई उनको हत्या गर्न लगाएका थिए।

सन् २०१६ को मेमा लिम्बाडीको खेतबाट मारिया बेपत्ता भएकी थिइन्।

उनी हराएको झन्डै पाँच वर्षपछि प्रहरी अधिकारीहरूसँग काम गरिरहेका माफिया समूहका पूर्वसदस्य एन्टोनियो कोस्सिडेन्टेले उनको हत्या ड्रान्घेटा माफिया समूहले गरेको बताएका हुन्। जेलमा हुँदा भेटिएका ड्रान्घेटाका एक सदस्य इमान्युअल मान्कुसोले कोस्सिडेन्टेलाई यो जानकारी दिएका हुन्। जेल परेका पनि मान्कुसोले पनि अहिले माफिया छाडिसकेका छन्।

ती महिलाको शव सुँगुरलाई खुवाइएको थियो, मान्कुसोको भनाइ उदृत गर्दै कोस्सिडेन्टेले भने।

मरियाको हत्यामा संलग्न रहेको आरोपमा मान्कुसोलाई सन् २०१९मा पक्राउ गरेको थियो। तर पछि उनी छुटेका थिए।

मरियाका श्रीमानले आत्महत्या गरेको एक वर्षपछि उनी बेपत्ता भएकी थिइन्। जसकारण प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको थियो।





error: Content is protected !!