ओली समुहको जाजरकोटमा भेला

जाजरकोट ः आज जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी ( ओली समुह)ले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड , माधव समुहले कार्यक्रम गरेर करिव हप्ता दिन पछि केपी समुहले आज कार्यक्रम गर्न लागेको हो ।
प्रचण्ड , माधव समुहले सदरमुकाममा शक्ति प्रर्दशन गरि प्रशिक्षण सातै वटा स्थानीय तहमा जारी राखेको छ । आज केपी समुहले काम चलाउ सरकारका खानेपानीमन्त्री मणी थापालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागेको हो ।
त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, गोविन्दविक्रम शाह, रत्नप्रसाद शर्मा , न्यौपाने ,चन्द्रप्रकास घर्ती ,कौशिलावती खत्री, लालबहादुर महतरा ,डम्वर सिंहले पनि सम्वोधन गर्ने आयोजकले जानकारी दिएको छ ।
१ हजार भन्दा बढी कार्यक्रता सहभागी हुँने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार समन्वय समितिको सभाहलमा हुँने कार्यक्रममा सवै तयारी पुरा भएको छ । १० बजे देखि कार्यक्रम सुरु हुने छ।










