ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस

हेमन्त केसी
जाजरकोट – सुन्तलाको व्यवसाहिक खेती सँगै यहाँका कृषकहरु अव जुस बनाउन सक्रिय भएका छन् । केही वर्ष अघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजार सम्म सुन्तला ल्याउने कृषकहरु अहिले यातायातका साधन गाउँ , गाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरि देशका बिभिन्न ठाउँमा पुर्याउन थालेका छन् ।


सवै ग्राहकका आँखा लाग्ने सुन्तलाहरु विक्री वितरण भएपनि कम आँखा लाग्ने सुन्तलाहरुबाट ( साना सुन्तला) जुस बनाउने काम समेत सुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन प्रधानमन्त्री कृषि आधुनिक परियोजना , परियोजना कार्यान्वय ईकाइ जाजरकाले कृषकहरुलाई व्यवसायिक रुपमा सक्षम बनाई अर्थआर्जनमा सघाउन पुर्याउन यो काम थालिएको कार्यालय प्रमुख पिताम्वर बस्नेतले जानकारी दिनुभयो ।

यहाँले भन्नुभयो , “वास्तवमा साना सुन्तला जुन विक्री हुदैनन्, ग्राहकले किन्न मन पराउदैनन् त्यस्ता साना सुन्तलाहरुको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोही अनुसार कृषकहरु हाम्रो सहकार्य जारी छ । ”
जिल्ला भरीका अगुवा कृषकहरुको भेला गराइ सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सिप , उपकरण समेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगररपालिका , कुशे गाउँपालिकामा सवै भन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समय अघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वय कार्यालय अव सुन्तलाको जुस बनाउनका लागि अगुवा कृषकलाई तालिम समेत दिएको छ ।


तालिमबाट सिकेको सिप गाउँ , गाउँमा गएर अन्य कृषकहरुले पनि सिक्ने कार्यालयको भनाई छ । २२ जना अगुवा कृषकले पहिलो पटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने १ वटा जुसर मेसिन रातोतोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अव सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलव्ध गराउनका लागि परियोजनाको लक्ष्य रहेको प्रमुख पिताम्वर बस्नेत जानकारी दिनुभयो ।

अहिले कोरोनाका त्रासका कारण जात्रा , मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला विक्री, वितरण कम भएको कुशे गाउँपलिका – ५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिनुभयो ।


सुन्तला विक्री कम भएपनि जुस बनाएर सवैको हातमा जुस पुर्याउने अभियानमा लागेको कृषक ओलीले बताउनुभयो । उहाँले भन्नुभयो , “सुन्तला विक्री गरि घरको सवै आवश्यकता पुरा गदै आएको अवस्था छ । ” त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका –३ का कमल पुनले भन्नुभयो , “गाउँ घरमा पाहुँनालाई नाँसोको रुपमा प्रयोग हुँदै आएको सुन्तलाले अव व्यवसायिक अभ्यास सँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिन भरी सुन्तला लगाएर गाउँ भरी सुन्तला मय भएको छ ।”
कृषकहरु अव व्यापारिक भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले कृषकलाई सुन्तला हुँकाउन , बढाउन र स्वास्थ्य राख्नका लागि बिभिन्न व्यावसायिक सिप सिकाउदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तलाजात फलफुल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा ब्यवस्था भए बमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजिकरण र लाभग्राहीहरुको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरि परियोजना कार्यान्वयन ईकाइमा जोन स्थापनाका लागि सुचीकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । जनसिद्धि कृषि सहकारी संस्था कुशे गाउँपालिका ५ दम्दालाका लोकेन्द्र वलीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो ।

समितले बिद्यमान प्रबिधि र पूर्वाधार को अभिलेख तयार गर्ने ,कृषक समुह, सहकारी, उद्यमी आदिको विवरण अध्यावधिक गर्ने, कृषकहरुको माग संकलन गर्ने, कार्यक्रम संचालनमा सहजीकरण गर्ने,परियोजनाका सरोकारवालाहरु सँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारहरुको विकाश, प्रयोग र सम्बर्धन गर्न सहयोग गर्नेछ । त्यस्तै, योजना तर्जुमा मा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवम पृष्ठपोषणमा परियोजना कार्यान्वयन ईकाइलाई सहजीकरण गर्ने लगायतका कार्य गर्ने जोन प्रमुख बस्नेतको भनाई छ ।

सुन्तलाजात फलफुल जोनको कार्यक्षेत्र रहेका ४ वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका सुन्तलाजात फलफुल खेती गर्ने कृषकलाई सक्रिय बनाएको छ ।





error: Content is protected !!