आज कहाँ कसले के भने प्रचण्ड भन्छन् ः वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् ः ओलीको निरंकुश प्रवृत्तिको अन्त्य ः नेपाल

ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’

छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।

प्रचण्ड अघि भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’

नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु पुगेको बताएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (दाहाल- नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताएका हुन् । ओलीले जनताले बनाएको संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको नेपालको टिप्पणी थियो ।

ओलीको कदमविरुद्ध सडकमा आउँदापञ्चायतविरुद्धको बुटवलमा भएको संघर्ष सम्झना आएको उनले बताए । ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ रु हाम्रो आन्दोलनको चाहना अनुरुप छ रु जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ । असंवैधानिक कदमलाई अस्वीकार गर्छौं,’ नेपालले भने ।

अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधि भएको भन्दै यो व्यवस्थाप्रति उनलाई माया नभएको बताए । ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध एकपछि अर्को कदम चाल्नु भएको छ । त्यसकारण जनता सडकमा उत्रेका छन् । नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ ।’

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए । ‘समाजका सबै वर्ग, नागरिक समाज, पत्रकारदेखि सबैले प्रतिगामी कदम हो, यो कदम हामीलाई स्वीकार्य छैन । देशमा अस्थिरता निम्त्याउने छ । जनताको सुखका दिनहरु हामीले ल्याउन पाउने छैनौं भन्ने चिन्ता जाहेर गरेका छन् । त्यही कारण हामी सडकमा आएका हौं,’ नेपालले भने ।

खनाल भन्छन् ः केपीले जनमतको खिल्ली उडाउदै तीन वर्ष खेर फाले
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको कार्यकाल खेर फालेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको भन्दै उनले तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव नपारेको भन्दै खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था गरिएको कुरा कार्यान्वयन गर्नुपर्नेमा त्यसो नगरेको खनालको भनाइ थियो । ुउहाँले त मुलुकमा समाजवाद स्थापना गर्नतिर जानुपर्थ्यो । उहाँले तुइन विस्थापन गर्नुपर्थ्यो, खनालले भने,  तर उहाँले त्यसो गर्नुभएन । उहाँले ३ नीति तथा कार्यक्रम र बजेट ल्याउनुभयो ती पुँजीवादी थिए ।

निर्वाचनमा नेकपाको विजय भएको तर त्यसलाई प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत जीतका रूपमा व्याख्या गरेको खनालको भनाइ थियो । जनताले केपी ओलीलाई भोट थिएन, नेकपाका नेतानहरूलाई दिएको भोट थियो । केपी ओलीमाथि अपार विश्वास गरेर प्रधानमन्त्री बनायौं, त्यसको दुरुपयोग गरेर संसद् विघटन गरिएको छ ।

आधिकारिक नेकपा आफूहरू भएको भन्दै खनालले सूर्य चिन्‍ह र झन्डा आफूहरूको भएको बताए । उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिइएको बताए ।

खनालले भने, संविधानमाथि ओलीले विश्वासघात गरेका छन् । संविधानमा प्वाल पारेका छन् । त्यै कुरालाई मानेर जाने हो भने मुलुकमा अस्थिरता हुन्छ । अस्थिरताका प्वाल टाल्नुपर्ने अवस्था छ । त्यसका लागि संसद्‌को पुनःस्थापना अनिवार्य मानेका छौं ।ु

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसको विरोधमा दाहाल र नेपाल पक्षले सडक प्रदर्शन गरिरहेका छन् । यो पक्षले मंगलबार मुलुकभर प्रदर्शन गरिररहेको छ ।

नेता प्रयोग गरि पर्छाने काममा ओली ः नेता आचार्य


जाजरकोट सदरमुकाममा भएको वृहत विरोध सभालाई सम्वोधन गर्दै नेता निरज आचार्यले केपी ओलीको काम भनेको नेतालाई प्रयोग गरि सवैलाई सिध्याउने अभियान भएको आरोप लगाए । उनले संविधान सखाप पारेर देशलाई अन्धकारमा डुवाउने खेलमा ओली लागेको बताए । हामी अन्याय सहदैनौँ , त्यसैले संविधानको रक्षक भएर सडकमा आएका छौँ उनले थपे ।

डोल्पा –  प्रधानमन्त्री केपी ओली कमदमको विरोधमा डोल्पामा प्रर्दशन गरिएको छ । प्रधानमन्त्रीले संघीय संसद विघठन गरेको विरोधमा प्रचण्ड – नेपाल पक्षका कार्याकर्ताले डोल्पा सदरमुकाम दुनैमा प्रर्दशन गरेका हुन् ।

संसद विघठनविरुद्ध डोल्पामा प्रर्दशनसंसद विघठनविरुद्ध डोल्पामा प्रर्दशनसंसद विघठनविरुद्ध डोल्पामा प्रर्दशनसंसद विघठनविरुद्ध डोल्पामा प्रर्दशन

ओलीले जनताको जनमतको अपमान गरेर संविधानमाथि कूु गरेको भन्दै सचिवालय सदस्य जँगबहादुर रोकायले नेकपा फुटेको छैन, जनतामाथि खेलवाड गरिदैँछ हामी कुनैपनि हालतमा असंवैधानिक कदम चाल्नेलाई नछोड्ने बताए।

संसद विघठनविरुद्ध डोल्पामा प्रर्दशन

लिपुलेक लिम्पीया धुरामा भारतीय सेना हटाऊ, संसद पुनस्थापना गर, केपी ओली मुर्दाबादजस्ता नारा लेखिएको ब्यानर टाउकोमा बोकरे विरोधमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम दुनैमा प्रर्दशन गरे।

सम्बोधनका क्रममा नेता रोकायाले जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असम्बैधानिक कमद उठाउन प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफी नदिने बताए।

प्रधानमन्त्री ओली राष्टघाती भएको भन्दै नेकपा डोल्पाका सचिव मालबहादुर रोकायाले भने एमाले माओवादी भन्ने गलत प्रचार नगरौं नेकपा नै छ र रहन्छ हामी जनताको साथमा छौं, गलत कदमविरुद्ध सड्कमा आएका हौं।ु उनले जनतालाई साथ दिन सबैसँग आग्रह गरे ।

पौष ६ गते पहिलो पटक आन्दोलन गरेको प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले पुन मंगलबार आन्दोलन गरेका हुन् । नेकपाका जिल्लास्तरीय नेताले कोणसभालाई सम्बोधन गर्दै आफूहरु जतिसुकै मुल्य चुकाउन तयार भएपनि ओलीले गल्ती सच्याएनन् भने देश र गणतन्त्र दुर्घटनामा पर्नेछ। जनताले माफी दिने छैनन् । त्यो बेला जनताले नै बम र हतियार चलाउनेछन् । ु

ओली पक्ष भएर बस्नेहरु भोली पछुताउने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुले कित्ता किलियर गरेर सड्कमा आउन नेता मोतिराम गौतमले आग्रह गरे ।

त्यस्तै डोल्पामा घर भइ काठमाडौँमा बस्दै आएका विद्यार्थीहरुले काठमाडौँमा भव्य प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानमाथीको कु गरेको भन्दै तत्काल सच्याउन माग गरि भव्य प्रर्दशन गरेका हुँन् । विद्यार्थी नेता योगेन्द्र बुढाका अनुसार डोल्पाका विद्यार्थीले छुट्टै पहिचान दिन खोजेका छन् ।

No description available.

No description available.





error: Content is protected !!