पाल्पामा कुलोमा खसेर पुरुषको मृत्यु

—सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ पुस (रासस) ः पाल्पाको निस्दी गाउँपालिका ५ ढुंगानावेशीमा एक पुरुषको खेतमा पानी लगाउन जाने क्रममा कुलोमा खसेर मृत्यु भएको छ ।
निस्दी गाउँपालिका वडा नं ५ ढुंगानावेशीका ४२ वर्षीय कृष्णबहादुर सोती आफ्नै खेतमा पानी लगाउन जाने क्रममा सोमवार साँझ करिव ६ वजेको समयमा कुलोमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








