प्राकृतिको नाँकाबन्दीले हैरान डोल्पा

हेमन्त न्यौपाने
डोल्पा ः चिसो मौसम , सोचेको र आँटेको काम भनेकै समयमा पुर्ती गर्न मुस्किल छ उपल्लो डोल्पाका सर्वसाधारणलाई ! आवश्यक खाद्यान्न , लत्ताकपडा देखि अधिकांश सामग्रीहरु आयतित मै भरपर्नुपर्ने नमजाको विडम्बना अर्को पाटो छदैछ ।
गर्मीयाममा गर्मीको महसुस गर्न नपाउँने र चिसो मौसममा घर बाहिर आउन मुस्किल हँुने पीडा त झन थामी सक्नु छैन । बाग्ला कपडा लगाएर घर भित्र हिमपात मौसम भरी थन्किनुपर्ने र विरामी हुँदा गाउँमा स्वास्थ्य संस्था नहुँदा सदरमुकाम दुनै आउने बाटो नै अवरुद्ध हुँने प्रकृतिक नाँका बन्दीले उपल्लो डोल्पाका सर्वसाधारणहरु कति मर्कामा परेका होलान् यसको हिसाव छैन ।

  

स्थानीय सरकारका प्रमुखहरु विकास गर्न समेत प्रकृतीले नदिएको भन्दै पीडा पोख्छन् । तिव्वतसँग सिमाना जोडिएको उपल्लो डोल्पा कठिन भू बनोट भएको क्षेत्र पर्दछ । अग्ला , अग्ला हिमाल ,त्यसमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि दिनभरी हिड्नुपर्ने बाध्यता यहाँको नागरिकहरुको बाध्यता हो । गाउँमा विरामी हुँदा आम्ची बोलाएर उपचार गर्नुपर्ने भगवानको सरोसा रुपमा यहाँका मानिसहरु जीवन यापन गरिरहेका छन् । सदरमुकाम दुनै पुग्नका लागि तीन दिन देखि सात दिन सम्मा नै हिड्नुपर्ने बाध्याले ५ महिना सम्म यहाँका बालबालिकाले सवै खालका खोपहरु समेत नपाउँने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।


फापर , उवा लगाएका बालीहरु यहाँ उत्पादन हुँने गर्दछ । घरमा पालिएका पशु चौपायबाट उपल्लो डोल्पामा खाद्यान्न लगाएका बस्तुहरु ढुवानी हुँने गर्दछ । आफैले उत्पादन गरेको अन्नले १२ महिना नपुग्ने हुँदा यहाँ आयतित अन्न बाट उपल्लो डोल्पाबासीको पेट भरिने गरेको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


हिमालहरु हेर्दा उपल्लो डोल्पा जती आहा लाग्ने अवस्था छ , तर सधै भरी यही बस्ने सर्वसाधाणहरुको दुख भने आहा गर्ने अवस्थामा छैन । विकासका नाममा डोल्पाको सदरमुकामबाट केही घण्टा हिडेपछि भेटिने जुफाल विमानस्थल र पटक, पटक समस्या आइरहने जैरीगाड जलविद्युत आयोजना हुँन् । अर्को डोल्पाको मुख्य पहिचान भनेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज र शे फोक्सुण्डो तल हो । तिव्वतबाट अहिले उपल्लो डोल्पामा सडक खन्ने काम सुरु गरि केही भागमा पुर्याएको छ । खुल्ला सिमाना नभएका कारण सडक पुगेपनि तिव्वतबाट पाउने सेवा सुविधा उपल्लो डोल्पाबासीहरुको सहजै पहुँच पुग्ने देखिदैन । भदौ महिनामा १५ दिन सम्मा मात्र हाट बजारका लागि भनेर चिन र नेपालको दुवै सिमाना खुल्ला गरिन्छ । त्यो पनि वर्षमा एक पटक मात्र खुल्ला हुँने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।


प्राचिन कालमा निर्माण भएका एतिहासिक गुम्वाहरु उपल्लो डोल्पामा छन् । यहाँ भएका वस्तुहरु संरक्षण गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी हुँनुपर्ने सर्वसाधारणहरुको माग छ । उपल्लो डोल्पामा रहेका सवै प्रहरी चौकीहरु चिसोका कारण दुनैमा सारिएको छ । अधिकांश जनप्रतिनिधिहरु समेत सुविधा सम्पन्न ठाउँमा पुगेका छन् । शे फोक्सुण्डो निकुन्जमा खटिएका कर्मचारी , सुरक्षाकर्मीहरु निकुन्जको सुरक्षार्थ चिसोमै खटिएका छन् ।

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु फैलिएको छ । हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।
निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको विकासमा खर्चिने कानुनी व्यवस्था छ । निकुञ्जभित्रको कोर एरियामा २४ वटा गाउँ छन् । उपल्लो डोल्पाका शे–फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका केही भाग निकुञ्जको कोर एरियामा पर्छ ।

निकुञ्जका ५७ जना कर्मचारी निकुन्जको सुरक्षाका लागि खटिएका छन् । अझै दरबन्दीअनुसार १० जना कर्मचारी रिक्त छ । निकुञ्जको सुरक्षार्थ तैनाथ ईश्वरी बक्स गुल्मका सुरक्षा पोस्ट पनि डोल्पामा मात्र रहेका छन्  । निकुञ्जको भाग फोक्सुन्डो तालभन्दा ५ दिन पैदल लाग्ने तिब्बतको सीमासम्मै फैलिए पनि निकुञ्जका कर्मचारी र सेनाको उपस्थिति प्रभावकारी बनाउन लागिएको छ ।

१० वर्षे जनयूद्धसम्म निकुञ्जको मुख्यालय फोक्सुन्डो तालभन्दा एक घण्टा तलको पलममा थियो । द्वन्द्वकालमा आक्रमणपछि निकुञ्जको मुख्यालय सदरमुकाम नजिकको सुलिगाडमा झरेको छ । पलम सुलिगाडबाट पैदल दुई दिनमा पुगिन्छ । सदरमुकाम दुनै सुलिगाडबाट आधा घण्टाको दूरीमा छ । अहिले निकुन्जले पशु विमा देखि वन्यजन्तुबाट हुँने हाँनीको क्षेतिपुर्ती दिनका लागि गाउँ , गाउँमा सचेतना फैलाएर स्थानीय र निकुन्जको सम्वन्धका साथै अपनत्व समेत बढाएको छ ।

निकुन्ज क्षेत्रका विद्यार्थीहरु मध्य दुइ जनालाइ छात्रवृती दिइरहेको निकुन्जका प्रमुख सरोजमणी पौडेलले जानकारी दिनुभयो । कामहरु गर्दा फोन सेवा प्रभावकारी नहुँदा दैनिक समस्या भोगिरहेको डोल्पाका नागरिकहरु बताउँछन् । नामका मात्र टावर राखेर काम छैन , सेवा पनि दिनुपर्र्यो शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । गाउँमा मात्र होइन , सदरमुकाम दुनैमा समेत टेलिफोन सेवा प्रति कोही पनि नागरिक खुसी नभएको सुरक्षा अधिकारीहरु बताउँछन् । हामीले डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग फोनमा सम्पर्क गर्न खोज्दा कुरा गर्दा गर्दै चार पटक फोन राम्रोसँग सुन्न नसक्दा काटिएको थियो । स्थानीय विद्युत सेवा त झन कति बेला के हुन्छ थाहा नै नहुँने गरेको डोल्पाका पत्रकारहरुको गुनासो छ ।

धनीहरु तातोको खोजी, गरिवहरु चिसो सहदै

आफ्नो रैथाने घर , जग्गा जमिन सवै थोक छाडेर चिसो छल्न उपल्लो डोल्पाका हुँने खाने मानिसहरु शहर बजार तीर झर्ने गर्दछन् । आर्थिक रुपमा समस्यामा परेका स्थानीयवासीहरु आफ्नै घरमा बसेर चिसोसँग मुकाविला गरिरहेका छन् ।
कु, साल्दाङ, कराङ, कोमा, छल्न मुसी, निजाल, फोत, नाम्दो, भिजेर लगाएत दर्जन गाउँमा केही सर्वसाधारणहरु चिसो छल्ने भनि तल झरेका छन् । तातो फर्केपछि फागुनमा मात्र उपल्लो डोल्पामा फर्कने गरेको वेशी झर्दै गरेका सर्वसाधारणहरु बताउँछन् ।

जाजरकोट ,रुकुम पश्चिम , सर्खेत र नेपालगन्ज र काठमाडौँ अधिकांश ठाउँमा उपल्लो डोल्पाका सर्वसधारणको बसाइ हुँने गर्दछ । हुँने खानेका घरहरु सुविधा सम्पन्न ठाउँमा निर्माण गरिएका कारण उनीहरु चिसो छल्न तल झर्ने गर्दछन् । केही आफ्नो घर नभएका कारणहरु औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याएर वेशी आइ अर्काको घरमा बस्छन् । केहीको जम्वु विक्री गर्ने काम समेत जोडेर तल झरेका छन् । यार्सागुम्वा उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन्  ।

उपल्लो डोल्पामा तीनवटा गाउँपालिका छन् । शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध । तीनवटै गाउँपालिका तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिदै आएको छ ।
साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा पनि यही रहेको छ  । साल्दाङमा रहेको कक्षा ८ सम्म पढाइ हुने विद्यालय चिसोले बन्द भइसकेको छ । फोक्सुन्डो तालको छेउमा पुरानो बस्ती छ जहाँ तिब्बती शैलीका लगभग चार दर्जन घर रहेका छन् ।
शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिमला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्ने मुख्य बजार रहेको छ  ।





error: Content is protected !!