मेयरका दुख ः बजेट नहुँदा मालिकामा भ्यूटावर निर्माण गर्न सकिन

हेमन्त न्यौपाने
जाजरकोट –  एक सहर एक पहिचानको योजना अनुसार जाजरकोटको मालिका निर्माण हुँने भनिएको भ्यूटावर वजेटको अभावमा निर्माण कार्य प्रभावित भएको छ ।

जिल्लाको एतिहासिक तथा धार्मीक धरोहर रुपमा स्थापित भेरी नगरपालिकाको मालिकामा बन्न लागेको भ्यूटावर डिपिआरको जिम्म लिएको डिलाईड कन्सल्ट ववरमहल काठमाण्डौँले काम पुरा गरि प्रतिवेदन दिएपनि अर्थअभावका कारण काम सुरु गर्न नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले दुखेको गर्नुभएको छ । ६ महीन भित्र डिपिआरको प्रतिवेदन दिने सम्झौता गरेर दुई वर्ष पछि डिपिआर प्रतिवेदन दिएपछि टावरको लागि आएको वजेट पहिलो वर्षको फ्रिज भएको थियो । टावर ५ तलाको निर्माण गर्न लागिएको छ ।

सहरी विकास कार्यालयले डिपिआरको जम्मा डिलाईड कन्सल्ट ववरमहल काठमाण्डौँलाई दिएको थियो । उक्त डिलाईड कन्सल्टले तोकिएको समयमा काम पुरा नगर्दा भ्यूटावरको लागि आएको वजेट फिर्ता भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । समुन्द्री सहतबाट २ हजार ४ सय मिटर उचाईमा रहेको बडीमालिकामा तीन वटा मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ । अहिले फिर्ता भएको बजेट पुर्ण फिर्ता नआउदा काम प्रभावित भएको पीडा नगरप्रमुख घर्तीले व्यक्त गरेका छन् । नगरप्रमुखले भन्नुभयो , “भेरी नगरपालिका, जाजरकोटको एक प्रशिद्ध पर्यटकिय गन्तव्य मालिका मन्दिरको मास्टर प्लान, डि पि आर सम्पन्न भैसकेर पुर्बाधारको आंशिक काम अगाडि बढिसकेको छ। बजेट अभावले हामीलाई निकै अफ्ठयारो अवस्थामा पारिदिएको छ। झन अहिलेको राजनीतिक तरलताले निराश बनाएको छ।”

वजेट नहुँदा विस्तृत योजना प्रतिवेदन (डिपिआर) हातमा पुरेपनि काम सुरु गर्न नसकिएको दुख नगरप्रमुखसँग छ । सङ्घीय सरकार र प्रदेश सरकारले भ्यूटावर निर्माणका लागि वजेट व्यवस्थापन नगरे सम्म काम अगाडी बढ्ने अवस्था छैन ।
कालिका , मालिका र मनकामना मन्दिर यही ठाउँमा निर्माण गर्ने नगरप्रमुख घर्तीले बताउनुभयो । त्यस्तै त्यहाँ जानका लागि सडक , वास वस्नका लागि भवन र पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्लाका सवै ठाउँमा सहजै पहुँच राख्न सकिने यस ठाउँबाट कर्णाली प्रदेशका अधिकांश ठाउँहरु समेत अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सजहरुपमा जान र आउनका लागि सदरमुकाम खलंगा , बागखोर हूँदै मालिका सम्म सडक निर्माण गरिने योजना रहेको छ ।

त्यस्तै बाघखोरमा ५ वटा सुविधा यूक्त होटल , मछाईना र मालिकामा हेलिप्याड निर्माण गर्ने योजना रहेको छ । पैयाखर्कमा घरवास कार्यक्रम लागु गरिने उल्लेख छ । मालिकामा सवै संरचान निर्माण गर्नका लागि २५ करोड रकम आवश्यकता पर्ने गुरु योजनामा उल्लेख छ । जिल्लाको पहिचानका साथै पर्यटन प्रर्वद्धनका लागि मुख्य भुमिका खेल्ने बडामालिका निर्माणका लागि वजेट नहुँदा समस्या भएको नगरप्रमुख घर्तीले बताउनुभयो ।

वाईसे , चौविसे राज्य भएको समयमा समेत विशेष महत्व राखेको बडामालिकामा राज्यले लगानी गरी समयमै निर्माण गर्न सके पर्यटन विकासका लागि ठुलो योगदान पुग्ने उद्योग वाणिज्य संघ , जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । यो टावर निर्माण सँगै भेरी करिडोर सँग जोड्ने योजना रहेको छ ।

जिल्लाका सवै ठाउँमा रहेका टेलिफोनका टावरहरु मात्र नभएर डोल्पा , रुकुम र सल्यानलाई समेत पुग्ने गरी यही ठाउँमा टेलिफोनको मुख्य टावर रहेको छ । चारैतीर रमणीय रहेको यस ठाउँबाट जिल्ला बिभिन्न ठाउँहरु देखिनुका साथै सल्यानको कुमाख , डोल्पा र रुकुम पश्चिमको सिस्ने हिमाल समेत अवलोकन गर्न सकिन्छ । जिल्लाको सवै भन्दा पुरानो नगर भेरी हो । तोकिएको मितिमा काम नहुँदा स्थानीयवासीहरु निरास भएका छन् । काम गर्छु भन्ने तर काम पुरा नहुँने शैलीले गर्दा जनसाधारणहरुले सरकारको गती माथी प्रश्न गरिरहेका छन् ।





error: Content is protected !!