नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित

नेकपा स्थायी कमिटी बैठक तीन घन्टा ढिला गरी बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् ।

बैठकअघि दुवै अध्यक्ष ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो ।

छलफलमा प्रचण्डले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गरेका छन् । यस्तै ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेको स्रोतले जानकारी दियो । यही तनावबीच १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिला गरी सुरु भएको हो ।

स्थायी कमिटीको बैठक चलिरहेका वेला मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठक अध्यादेशकै विषयमा केन्द्रित हुने देखिन्छ ।





error: Content is protected !!