बहराइन दूतावासद्धारा समाचारको सत्य तथ्यप्रति सचेत हुन अनुरोध

सुशील दर्नाल

काठमाडौँ-  ‘नेपाल टाइम्स’ अनलाईन पत्रिकामा एनआरएन बराइनको हवाला दिँदै मङ्गलवार प्रकाशित खबरप्रति बराइनका लागि नेपाली दूतावासले खण्डन गरेको छ । दूतावासले मङ्गलवार नै एक विज्ञप्ती जारी गरी गलत खबरको सम्प्रेषणले दुई देश बीचको श्रम सम्वन्धमा असर पर्न सक्ने जनाउँदै समाचारको सत्य तथ्यप्रति सचेत हुन सबैमा अनुरोध समेत गरेको छ ।
“सो सम्वन्धमा गोरखा, म्याग्दी र अर्घाखाँचीका क्रमशः राजकुमार विक, कृष्ण बहादुर परियार र डुमबहादुर सुनुवारले नेपालबाट योङजिङ ९थयगलनवष्ल० कम्पनिका लागि श्रम स्विकृत लिएर आई करार अवधि भुक्तानी नहुँदै स्वच्छाले अन्य कम्पनिमा गएर काम गर्न थालेको केही महिनामै पुनः अर्को कम्पनिमा जान माग गरेको ”दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अर्को कम्पनिमा जान माग गरेकोमा बर्ष दिन नपुग्दै ‘रिलिस’ ९चभभिबकभ० नपाउने प्रावधानका कारण उक्त दोस्रो कम्पनिले आफ्नो एकोमेन्डेसशन ९बअअयmmयमबतष्यल० बाट निकालिएकोमा निज नेपालीलाई एनआरएनले नेपाली क्लवमा उक्त रात ल्याएर राखेको तथा भोलिपल्ट निजलाई दूतावासले जिम्मा लिएको दूतावासको भनाइ छ । त्यस बखतदेखि नै नीजलाई नेपाली क्लवमा झण्डै महिना दिन राखेर कानूनी रित समेत प¥याउन उनीहरुबाट मञ्जुरीनामा र पावर अफ अर्टोनी ९उयधभच या बततयचलथ० समेत दूतावासले लिएको छ ।
उनीहरुले दूतावासमा लिएको उजुरी निवेदन अनुसार विगत दुई महिनाको तलब र ओभरटाइमको रकम उपलब्ध गराइदिने भन्ने व्यहोरा रहेको र त्यसका लागि दूतावासले अदालती कारवाही सुरु गरिसकेको पनि दूतावासले जनाएको छ । विज्ञप्तीमा भनिएको छ,–‘निजलाई नेपाल जाने टिकट र कोरोना परिक्षण गर्न सहयोग मात्र एनआरएन बहराइनले गरेको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।’ –––





error: Content is protected !!